फेरि तीन जना पत्रकारले पाए अन्तर्राष्ट्रिय पुरस्कार

फेरि तीन जना पत्रकारले पाए अन्तर्राष्ट्रिय पुरस्कार

अन्तर्राष्ट्रिय पत्रकारितामा निकै सम्मानित यो वर्षको कुर्त श्रोक पुरस्कार घोषणा भएको छ । पुरस्कार पाउनेहरुमा स्वतन्त्र पत्रकार जासोन मोटलग,स्थानीय पत्रकार राफेल सोर्स र समाचार फिक्सर खबट अब्बास रहेका छन् ।

उक्त पुुरस्कार द्वन्द्व,भ्रष्टाचार र अन्यायबारे गरिएको रिपोर्टिङसम्बन्धी समाचारको आधारमा पत्रकारहरुलाई प्रदान गरिँदै आएको छ । यो वर्ष पनि त्यहि विधामा प्रदान गरिएको रोयटर्सले जनाएको छ ।

थम्सन रोयटर्स फाउण्डेशनले अमेरिकी पत्रकार कर्ट श्रोकको सम्मानमा दुई दशकदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ । सन् २००० मा सियरा लियोनमा मारिएका रोयटर्सका संवाददाता तथा अमेरिकी नागरिक कर्टको सम्मानमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

पुरस्कार ती क्षेत्रमा रिपोर्टिङ गर्ने बहादुर पत्रकारहरुलाई दिइने गरेको रोयटर्सको भनाइ छ । विशेषगरी स्वतन्त्र पत्रकार,स्थानीय पत्रकार र समाचार फिक्सरलाई उक्त पुरस्कारको निम्ति प्राथमिकता दिइने गरेको छ । किनभने तुलनात्मक रुपमा असुरक्षित र खतरापूर्ण उक्त कार्यमा पाइने सुविधा र तलब अत्यन्तै न्यून हुन्छ ।

टिप्पणीहरू