राष्ट्रपति भण्डारी बिहान काभ्रेको पलाञ्चोकभगवतीमा, साँझ काठमाडौंको इन्द्रायणी « Jana Aastha News Online
Logo
११ कार्तिक २०७८, बिहीबार
|  Thu Oct 28 2021

राष्ट्रपति भण्डारी बिहान काभ्रेको पलाञ्चोकभगवतीमा, साँझ काठमाडौंको इन्द्रायणी

प्रकाशित मिति :  २७ आश्विन २०७८, बुधबार १९:४५


राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौं उपत्यका र वरपरका शक्तिपीठहरुको पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको आठौं दिन महाअष्टमीको दिनमा राष्ट्रप्रमुख शक्तिपीठहरुमा पुग्ने प्रचलन अनुसार राष्ट्रपति पनि त्यहाँ पुग्नुभएको हो ।

आज साँझ अबेर उहाँ शोभाभगवती र इन्द्रायणी मन्दिर जानुभएको हो । त्यसअघि उहाँ काठमाडौंका विभिन्न  शक्तिपीठ पुग्नुभएको हो ।

आज दिउँसो उहाँ काठमाडौंका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवीलगायतका शक्तिपीठ पनि पुग्नुभएको हो ।

उहाँ बिहान काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवती जानुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !