संक्रमित र मृतकको संख्या घट्यो, आज ४ को निधन

संक्रमित र मृतकको संख्या घट्यो, आज ४ को निधन

पछिल्लो २४ घण्टामा मुलुकमा ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय ७१ जनामा पीसीआर तथा १ हजार ९ सय २३ जनामा एन्टिजेन गरी ५ हजार ५ सय ९४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा संक्रमणबाट चार जनाको ज्यान गएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ । यसबीचमा ६ सय ९ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १४ हजार २ सय ६७ जना सक्रिय संक्रमित छन् । तीमध्ये १३ हजार १ सय ७२ जना होम र १ हजार ९५ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय १५ जनाको आइसीयु र १ सय ७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३२ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू