पिउँदा पिउँदै रातारात प्राणान्त

सात नम्बर बाहिनी कुलेखानी (चनबन, मकवानपुर) का मेजर सविन थापा सुतेको ठाउँबाट नउठेपछि आइतबार बिहान फिँज काढेर नीलै भइसकेको अवस्थामा हेलिकोप्टरबाट काठमाडौं ल्याउँदा सैनिक अस्पताल छाउनीले मृत घोषणा गरी पोष्टमार्टमको प्रक्रियामा हालेको छ । भक्तपुर सिरुटार घर भएका उनी ४३ बेसिकका अफिसर हुन् । शनिबार राति एक बोतल मदिरा पिएर सुतेका उनलाई आइतबार बिहान ८ बजे काठमाडौंतर्फ उडाइएको थियो । 

यसैबीच प्रधानसेनापतिका सैनिक सचिव खड्ग मल्लले आफूखुशी गरेको, शान्ति सेनामा रकम उठाएको तर आफूले मात्र राखेको थाहा पाएपछि उनलाई सो जिम्मेवारीबाट हटाउन ठिक्क पारिएको छ । 

हाल सो अफिसमा २४ बाहिनी जुम्लाबाट सहायक रथी सरोजप्रताप राणालाई ल्याइएको छ । संयोग नै भन्नुपर्छ खड्ग र सरोजबीच पानी बाराबारको अवस्था छ । खड्गले राजदल गण लगनखेलको गणपति हुँदा जिम्मा लगाउन खोजे पनि सबै स्टोर र फण्ड खाली देखेपछि सरोजले बुझ्न मानेका थिएनन् । अहिले तिनै खड्गको जिम्मेवारी बुझ्न सरोज फेरि कर्णालीबाट आएका छन् । 

नेपाली सेनामा काण्डहरूको कमी छैन । यस्तै काण्ड मच्चाउने क्रममा मेजर हुँदादेखि नै माहिर धनगढीका बाहिनीपति दीपक घले उम्केको उम्क्यै छन् । धुञ्चे हुँदा पनि यस्ता धेरै काण्ड मच्चाए तर कारबाहीमा परेनन् किनकि ससुरा गोविन्द गुरुङले बचाउने गरेका थिए । उनको ठाउँमा अर्कैलाई बाहिनीपतिको जिम्मेवारीसहित धनगढी पठाउन लागिएको छ ।

यता, काजीबहादुर खत्रीको उपरथीमा हुन लागेको बढुवा अड्किएको छ । सरकार परिवर्तनको असरले पछि परेका उनी अब प्रबन्ध रथी हुने चर्चा छ ।  हालका प्रबन्ध रथी शशिबहादुर सिंहचाहिं उपत्यका पृतनापति बन्ने सम्भावना छ । हालै सेना दिवसको अवसरमा वितरण गरिएको प्रधानसेनापति प्रशंसापत्रप्रति असन्तुष्टि बढेपछि ज्ञानेन्द्र सापकोटालगायत कतिपय भूपूहरूको समेत नाम समावेश गरेर नयाँ लिस्ट तयार पारिएको छ । यो एकपटक तक्मा पाउनेको नाम निकालेपछि दोहो¥याएर अर्को लिस्ट प्रकाशित भएको नेपाली सेनाको इतिहासमा सायद पहिलो घटना हो । 

राष्ट्रिय निकुञ्ज निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका कनिष्ट महासेनानी कृष्ण सापकोटाले हजुरका दाजु, भाइ, छोरा सबैलाई हेरेको छु भन्दै साप्कोटा पुख्र्याैली भएका प्रधानसेनापतिलाई ठिक्क पारे पनि कसैलाई नहेरेको चर्चा छ । वन, अर्थ मन्त्रालयलाई समेत हेर्नुपर्ने, त्यसमाथि रक्षा त झन् आफ्नो विभागीय परिहाल्यो भन्दै आफैं मुख मिठ्याएको बताइन्छ । निजले नगरकोट तालिममा जाँदासमेत अफिस खाली राखेर हिसाब मिलाउने मौका पाएका थिए । निकुञ्जको ठेक्कापट्टादेखि निर्माणको कामसमेत आफ्नै अफिसबाट टुंग्याउने गरेका छन् ।
फिल्डमा बजेट विनियोजन गर्दा पनि ७० र ३० पारेको बताइन्छ । अर्का कनिष्ट हाकिम उपरथी भुवन अधिकारीचाहिँ प्रधानसेनापतिलाई गालीगलौज गर्दै लेखाको फाइल च्यापेर तीनतारे जर्नेलको चाकडीमा कुद्ने गरेका छन् । सेनाको बन्दोबस्ती अफिसमा सिपाहीका लागि लुगा, जुत्ता, मोजासमेत नभएको भन्दै पृतनापति बैठकमा एक जना जर्नेल बाझेको हल्लाले जंगी अड्डामा निकै चर्चा पाएको छ । सेनालाई यो हविगतमा पु¥याउने पूर्ण सिलवाल चतुर भनेर चिनिन्छन् । 

अर्का विश्वासपात्र कल्याणकारीका रघु बस्नेतले सबै ढोका ‘टाइट’ गरिदिएपछि घर जान लागेका सेनापतिलाई अप्ठ्यारो परेको छ । हवाई महानिर्देशनालयका नेवार हाकिमले आफ्नो अफिसलाई जर्नेलहरूको प्रभावबाट मुक्त राखेका छन् । विकास निर्माणका महानिर्देशक योगेन्द्र खाँणबाट सेनापतिले यो कार्यकालभरि हैरानी मात्र पाएका छन् । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको आशीर्वाद पाएका उनले आफूखुशी कमिसन उठाउने गरेको र फास्ट ट्र्याकलाई पनि धरापमा पारेको बताइन्छ । आफ्नै भाइ ज्योतेन्द्र खत्रीले सेनापतिलाई ‘मलाई खोइ ?’ भन्दै राष्ट्रिय निकुञ्जको जिम्मा दिन दबाब दिने गरेको चर्चा छ ।

 उता, रसुवाका गणपति कर्णेल शीतल बानियाँले महिला सैनिकलाई बंगलामा बारम्बार बोलाउने गरेको गुनासो छ । विशेषतः गुरुङ थरकी सिपाहीलाई रोजै बोलाउने गरिएको बताइन्छ । आफू सिपाहीबाटै अधिकृत बनेको भए पनि जवानप्रति एकदमै रुखो व्यवहार गर्छन् । चुनावका बेला आएको २७ लाख रुपैयाँ जवानहरूलाई चारोजसरी बाँडेर बाहिनीपति सुदर्शन राणासँग मिली खल्तीमा हालेका हुन् । कारागार र अन्य पोष्टहरुमा बस्ने कसैले पनि चुनावको टिएडिए पाएनन् । अधिकृतहरुले नै भेटेनन् भने अन्य दर्जाले के पाउनु ? रसुवागढी र अपर सेन्जेन हाइड्रोपावरले मासिक नौ÷नौ लाख भत्ताबापत रकम दिन्छन् । रोलकलमा उजुर गर्दा ‘म चिफको गाउँले, हाइड्रो पावर भएको ठाउँमा मिलाएर आएको छु, नत्र मेरो पल्टन त महेन्द्रदल गण हो, जहाँ रिपोर्ट गर्छस् गर्’ भन्ने गरेको सुनिन्छ ।

छोरी स्कुटी दुर्घटनामा परेपछि आर्मी अस्पतालले समयमै उपचार नगरिदिएर गुमाउनुपरेको पीडा सुनाइरहन्छन् । श्रीमतीका भित्री लुगासमेत सिपाहीलाई धुन लगाउँछन् । शान्ति सेना जाने जवानहरुसँग सुवेदार मेजरमार्फत दुई–तीन लाखसम्म असुल्छन् । सिपाहीहरूलाई पोष्टहरूमा जान–आउन पनि आफ्नै रकम खर्च गर्नुपर्ने अवस्था छ ।

टिप्पणीहरू