नेपालविरुध्द बंगलादेश भिड्दै

नेपालविरुध्द बंगलादेश भिड्दै

माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपाली समयअनुसार साँझ पौने ५ बजे माल्दिभ्सको माले रंगशालामा शुरु हुने खेलमा दुबै टोलीलाई फाइनल पुग्ने अवसर खुल्ला छ ।

एक खेलअघि नै फाइनल पुग्ने मौका गुमाएको नेपाली टोली आज जीत निकालेमा वा बराबरी खेलेमा पनि फाइनलमा पुग्नेछ । त्यस्तै,नेपाल विरुध्दको खेलमा जीत निकालेमा बंगलादेश अंक तालिकाका आधारमा साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्ने छ ।

यसो त तुलनात्मक रुपमा बलियो देखिएको बंगलादेशसँग आजको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । हालसम्मका कूल २२ खेलमा १३ खेल बंगलादेशले जितेको छ भने ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश यसअघि सात पटक आमने सामने भएका थिए । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

टिप्पणीहरू