अष्टमीका दिन श्रममन्त्री मनकामना मन्दिरमा

अष्टमीका दिन श्रममन्त्री मनकामना मन्दिरमा

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दशैंको अष्टमीका दिन गोरखाको मनकामना मन्दिर पुग्नुभएको छ । मनकामनाको दर्शन र पूजाआजापछि श्रेष्ठले मन्दिर क्षेत्र विकास समितिका पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको हो ।

भेटमा उहाँले मनकामना क्षेत्र विकासको लागि व्यक्तिगत र सरकारको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको जानकारी दिइएको छ । समितिका अध्यक्ष राजकुमार जोशीले मन्त्रीलाई हालसम्मको प्रगतिबारे बताउनुभएको थियो ।

परिवारका सदस्यसँग गोरखा पुग्नुभएका मन्त्रीले मन्दिर प्राङ्गणमा फोटोसमेत खिच्नुभएको छ ।

टिप्पणीहरू