उनलाई आफ्नैतिर आपत

एमालेसँग चुनावी तालमेल हुँदै वामपन्थीको एकल सरकार र पार्टी एकतासम्ममा छलाङ मार्न सफल प्रचण्डलाई अहिले आफ्नै कमरेडहरू घाँडो भएका छन् । मोहन बैद्य, रामबहादुर थापा र नेत्रविक्रम चन्द, मातृका यादवहरूले छाडेर जाँदा कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, हितराज पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, चक्रपाणी खनाल, हितबहादुर तामाङ, प्रभु साहलगायतले अहिले प्रचण्डले आफूहरूलाई माइनस गरेको बताउने गरेका छन् । अहिले प्रचण्डले बादल निकटहरूलाई पार्टी र सरकारमा हाबी बनाउन खोजिरहेको उनीहरूको आरोप छ 

एमालेसँग एकतापछि प्रचण्डले नारायणकाजीभन्दा बादललाई नै महŒवपूर्ण जिम्मा दिन चाहन्छन् भन्ने कुरा संयुक्त कार्यदलको प्रमुख तोकेबाट स्पष्ट हुन्छ । प्रचण्डले साँझका रसपूर्ण बसाइहरूमा पनि उनैलाई पार्टनर बनाउने गरेका छन् । यस्ता बसाइमा कहिलेकाहीँ वामदेव गौतम र ईश्वर पोखरेल बस्ने गरे पनि माओवादीका जनार्दन शर्मा पनि सामेल हुने गर्छन् । 

प्रचण्डसँगको विशेष सम्बन्धबाट फाइदा उठाउँदै बादल समूहले प्रदेश संसद र सरकारमा आफ्नो उपस्थिति निर्णायक बनाएको छ । केन्द्रको सांसदमा नगन्य उपस्थिति रहेको यो समूहबाट माओवादीले पाएका २ प्रदेश सभामुखमध्ये ५ नं.मा पूर्वी रुकुमका पूर्ण घर्तीलाई बनाइएको छ । एमालेका शंकर पोखरेल मुख्यमन्त्री रहेको त्यहाँ गृहमन्त्री पनि सोही समूहका कुलप्रसाद केसी सोनाम बनेका छन् ।

१ नं. प्रदेशमा बादल समूहकी सरस्वती पोखरेल उपसभामुख बनेकी छन् भने सरकारको नेतृत्व गर्दै अर्थमन्त्री बनेका इन्द्रबहादुर आङ्बो पनि बादल समूहकै हुन् । प्रदेश ३ मा बादल पक्षका हितमान शाक्यले समानुपातिकतर्फ झक्कु सुवेदीकी छोरीबाहेक सबै बादल पक्षका मात्रै छानेको विवाद कायमै छ भने प्रदेश ४ को सरकारमा बादल समूहका हरिबहादुर चुमानलाई कानुनमन्त्री तोकी आशा खनाललाई जिम्मेवारीविहीन बनाइएको छ । प्रदेश ६ मा बादल समूहका नरेश भण्डारी गृहमन्त्री बनेका छन् । ७ मा भने सो समूहको उपस्थिति शून्यजस्तै छ ।

टिप्पणीहरू