आज हनुमानढोकामा ५४ बोका,५४ राँगाको काल

आज हनुमानढोकामा ५४ बोका,५४ राँगाको काल

बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व,देशभर दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाइँदैछ ।

आजको दिन महाकाली,महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन रहेको विश्वासका साथ दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ ।

यस्तै हातहतियार र सवारी साधन देवीको अस्त्रशस्त्रका रूपमा मानिने हुँदा आज यी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखेर पशु बलिसहित पूजाआजा गरिन्छ ।

आज राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । र,पशु बलि नचढाउनेले भने आफ्नो कूल परम्पराअनुसार काँक्रो, कुभिण्डो, नरिवल आदिको बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

टिप्पणीहरू