सेनाका अफिसरको जिउभरि टाटु, महिला अधिकृत पनि च्याङ्ग्बा हो च्याङ्ग्बा

सेनाका अफिसरको जिउभरि टाटु, महिला अधिकृत पनि च्याङ्ग्बा हो च्याङ्ग्बा

सुरक्षा निकायमध्ये सेना विश्वका जुनसुकै देशमा कडा अनुशासनभित्र बाँधिएको हुन्छ । कपाल लामो पाल्न पाईंदैन भने दाह्री जुँगामा पनि जासुसी ड्युटी,धर्म र रीतिरिवाज बाहेकको अवस्थामा मनपरि गर्ने स्वतन्त्रता छैन ।

पोशाकमा पनि त्यस्तै कडा अनुशासन लागू हुन्छ । झन् पोशाकले छोप्ने शरिरमा सैनिक अनुशासन नलाग्ने त कुरै भएन । तर,अहिले नेपाली सेनाका एक जना मेजरको शरीरभरि टाटु खोपिएको फोटो सार्वजनिक भएको छ ।

सैनिक स्रोत भन्छ, ‘हालसम्म नेपाली सेनामा जागिर खाने कसैले पनि शरीरको कुनै पनि भागमा टाटु खोप्न पाईंदैन ।तर,मेजर राजनसिंह अधिकारीको शरीरले त्यसो भन्दैन ।’ हुन पनि जनआस्थाले प्राप्त गरेको एउटा तस्वीरमा अधिकारीको शरीरका धेरै भागमा विभिन्न आकृतिका टाटु खोपिएको देखिन्छ ।

अधिकारीको टाटुबारे जिज्ञासा राख्दा सैन्य स्रोतले भन्यो, ‘अधिकारीको मात्र के कुरा गर्नु अरु धेरै महिला अधिकृतले समेत टाटु बनाउन थालेका छन् । पुरुषको झैँ उनीहरुको नाङ्गो शरीर हतपत्ति नदेखिनाले त्यो विषय छायाँमा परेको हो ।’

सेनामा महिला अधिकृतबीच शरीरका विभिन्न ठाउँ विशेषगरी संवेदनशील अंगको वरिपरि आकर्षक आकृति र रंगमा टाटु खोप्ने चर्को प्रतिस्पर्धा रहेको बताइन्छ ।

एउटा नेपाली गीत ‘च्याङ्ग्बा हो च्याङ्गबा” बोलको डिजे राजुसङ्गको म्युजिक भिडियोमा अभिनय गरेकी मोडेल तथा हाल सैनिक मेजरले समेत शरीरको धेरै भागमा टाटु खोपेको सेनाभित्रै चर्चाको विषय बन्ने गरेको छ ।

यसलाई सेनाभित्र अनुशासन उल्लंघनका रुपमा अन्य फौजका अफिसरले लिने गरेको पाइन्छ ।

https://www.youtube.com/watch?v=RdYWRL-pGzQ

टिप्पणीहरू