टुँडिखेलमा राष्ट्रपतिलाई मालश्री धुन,सेनापतिलाई बिसन्चो

टुँडिखेलमा राष्ट्रपतिलाई मालश्री धुन,सेनापतिलाई बिसन्चो

आज राजधानीको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मालश्री धुन सुनाइयो । धुनसँगै आकाशबाट पुष्पवृष्टि समेत गराइयो । नेपाली सेनाले आफ्ना परमाधिपतिको सामुन्ने उक्त कार्य गरेको हो । कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मा भने अनुपस्थित हुनुहुन्थ्यो ।

अहिलेको बेलामा ज्वरो आएकाले शर्मा कार्यक्रममा अनुपस्थित हुनुभएको सेनाले स्पष्ट पारेको छ । पीसीआर परीक्षणमा कोभिड नेगेटिभ देखिए पनि ज्वरोलाई ध्यानमा राखेर टुँडिखेल नजानुभएको बताइन्छ । बलाध्यक्ष रथी बालकृष्ण कार्कीले आज कामु प्रधान सेनापतिको भूमिका निभाउनुभएको हो ।नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईं समारोहको आयोजना गरेको हो । सेनाले सम्मान गारतद्वारा राष्ट्रपतिलाई सलामी अर्पणललगत्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । त्यसछि लहरे, एकठ्ठा र आफूखुशी बढाईं गरिएको नेपाली सेनाले जनाएको छ ।

तोपबाट पनि लहरे र एकठ्ठा बढाईं गरिएको थियो । नेपाली सेनाको महिला गुल्म सम्मिलित टोलीले मार्च पास गरेको थियो । त्यहि बेला ब्याण्डले ओमकार फर्मेशनमा मालश्री तथा दुर्गा भजनको धुन सुनाएको हो ।कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री,प्रधानन्यायाधीश, सभामुख,राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु,संवैधानिक अङ्गका प्रमुखहरु,मुख्यसचिव तथा सचिवहरु,सुरक्षा निकायका प्रमुखहरु,नेपाल सरकारका उच्चपदस्थ अधिकारी, पूर्वप्रधानसेनापतिहरु,बहालवाला रथीवृन्द लगायतको उपस्थिति थियो ।

टिप्पणीहरू