पर्वतको डेरा कोठामा गाँजा

पर्वतको डेरा कोठामा गाँजा

पर्वतको जलजला गाउँपालिका ३, को बारीबेनीमा डेरा बस्ने एक जना पुरुष गाँजासहित समातिएका छन् ।

स्थानीय कोपिला जि.सी. को घरमा डेरा बस्ने २७ वर्षका रमेश जि.सी. अवैध रुपमा गाँजा राखेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले हरियो गाँजा दुई सय ग्राम फेला परेको बताएको छ ।

उनलाई लागूऔषध मुद्दामा पर्वत जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू