नुवाकोटमा पनि राजकीय शैलीमा फूलपाती भित्र्याइयो

नुवाकोटमा पनि राजकीय शैलीमा फूलपाती भित्र्याइयो

गोरखाबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित जमराघरमा भर्खरै भित्र्याइएको छ ।

त्यो बेला नजिकैको टुँडिखेलमा हर्ष बढाईं गरिएको थियो । उता कुनै समयको राजधानी नुवाकोटमा पनि भर्खरै फूलपाती भित्र्याइएको छ ।

सरकारी प्रतिनिधि,सेना,प्रहरी, पूजारी र स्थानीयको उपस्थितिमा राजकीय शैलीमा फूलपाती भित्र्याइएको हो ।

त्यहाँ पनि गोरखाबाट काठमाडौं ल्याइएको शैलीमा फूलपाती बोकिएको थियो भने सैनिक सम्मानका साथ सात तले दरबार क्षेत्रमा राखिएको जमरा घरमा फूलपाती भित्र्याइएको हो ।

टिप्पणीहरू