मुगुमा पनि बस दुर्घटना,२३ को मृत्यु

मुगुमा पनि बस दुर्घटना,२३ को मृत्यु

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएअनुसार दुर्घटनामा परी २३ जनाको मृत्यु भएको हो ।

बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा दुर्घटना भएको बताईएको छ । हालसम्म प्राप्त विवरणका आधारमा बसमा सवार मध्ये १७ जना घाइते भएका छन् ।

हाल प्रहरी टोली र स्थानीयहरुले घटनास्थलमा पुगेर उद्वारको काम गरिरहेका छन् ।

घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

टिप्पणीहरू