शीतल निवासमा सल्लाहकार हेरफेर

शीतल निवासमा सल्लाहकार हेरफेर

नौ महिना पहिले अवकाश दिइएका दुई सल्लाहकारलाई शीतल निवासले फिर्ता बोलाएको छ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापालाई फेरि त्यही पद जिम्मा लगाइएको हो ।

थापा राप्रपा अध्यक्ष कमल थापाका सहोदर दाजु र पूर्व तीन तारे जर्नेल हुन् । भाषा तथा सँस्कृतिविज्ञ माधव शर्मालाई पनि हटाइएको नौ महिनापछि बोलाइएको छ ।

झण्डै एक वर्ष बाहिर राखेर शीतल निवास बोलाएपछि भन्न थालिएको छ, ‘ल्याउनु नै थियो भने किन हटाइएको ?’ उपसचिव हिरामणि आचार्यलाई झण्डै छ महिनाअघि सहसचिव बनाइएको थियो ।

सहसचिव जीवछ साह मधेश आयोगमा गएपछि खाली भएको पदमा आचार्यलाई जिम्मा दिइएको थियो । अहिले उनी पनि शीतल निवासबाट बागलुङ पुगेका छन् ।

छोराको बिहे गर्नुपर्ने भएकाले आचार्य अब उतै राजनीतिमा जम्ने सोचमा छन् । यसवीच रास्ट्रपतिको स्वकीय सचिवालयकी दिपा शर्मालाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

टिप्पणीहरू