अहिलेका मन्त्रीलाई पहिलेका मन्त्रीको झटारो

अहिलेका मन्त्रीलाई पहिलेका मन्त्रीको झटारो

सरकार कसरी चलाउने हामी देखाउँछौँ भनेर कस्सिएका रक्षामन्त्री मीनेन्द्र रिजालप्रति नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कसिलो व्यँग्य हानेका छन् । सामाजिक सन्जालमा ज्ञवालीले रिजालले कुनै बेला बोलेको विषय उठाउँदै वर्तमान सरकारको चालाप्रति कटाक्ष गरेका हुन् ।

सरकारको खुट्टी देखेर चाल पाएको तर्फ सँकेत गर्दै एमाले प्रवक्तासमेत रहेका ज्ञवाली भन्छन्- एकजना मान्यले कुनै समय भन्नुभा”थ्यो सरकार चलाउने कसरी हामी देखाउँछौं,हो साँच्चै रहेछ,उहाँले भनेजस्तै जयसिंह बोहोरादेखि मोतीपुरसम्म देखियो उहाँहरुको सरकार चलाउने पारा ।

ज्ञवाली अगाडि लेख्छन्,चौध सय सडक आयोजना रध्ददेखि कालोधन सेतो पार्ने प्रपन्च अनि न्यायालयलाई मन्त्री उपहार- उहाँहरुको सय दिन । अनि देखियो सरकार चलाउने चाला ।

टिप्पणीहरू