पोखरामा काठमाडौंबाट घुम्न गएका केटाकेटीको सामुहिक मरण

पोखरामा काठमाडौंबाट घुम्न गएका केटाकेटीको सामुहिक मरण

आज दिउँसो कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु पुष्टि भएको छ । अन्नपूर्ण गाँउपालिका १० घान्द्रुकको कलडाँडामा पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग.१ ज ६९०० नम्बरको जीप दुर्घटना भएको हो । दशैंको बिदामा काठमाडौंबाट पोखरा घुम्न गएका उनीहरु आज दुर्घटनामा परेका हुन् ।

चालकसहित नौ जना यात्रु बोकेको जीप भीरबाट दुई सय मीटर तल मोदी खोलामा खस्दा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो । २१ वर्षकी देविका घिसिङ एक जना भने भीरमा अड्किएको अवस्थामा फेला परेकी हुन् । उनको अवस्था सामान्य रहे पनि पूरै शरिरमा चोट छ ।

मृत्यु भएकाहरुमा सोही गाविसको नयाँ पुल घर भएका ४१ वर्षका चालक खुशीमान क्षेत्री पनि छन् । त्यसैगरी यात्रुहरुमा काठमाडौंको गोंगबु बस्ने १८ वर्षका जीवन घिसिङ,वर्ष २१ की लिजा चौधरी, २४ वर्षकी सुजा चौधरी,२१ वर्षका अच्युतम काफ्ले,२१ वर्षका सुमन चौधरी,१८ वर्षे आशिष आले र २१ वर्षका विनय क्षेत्री रहेको बताइएको छ ।

टिप्पणीहरू