सिटिजन्स बैंक लुट्न खोज्दा गोली चल्यो

सिटिजन्स बैंक लुट्न खोज्दा गोली चल्यो

मोरङको धनपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकमा गोली चलेको छ। बैंक लुट्न आएको भारतीय समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ ।

गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् भने लुटेरा समूहका तीन जना प्रकाउ परेको प्रहरीले बताएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जानकारी दिएको छ ।

टिप्पणीहरू