शिक्षक भन्छन्-“मापसे गरेर पढाउन गइन “

शिक्षक भन्छन्-“मापसे गरेर पढाउन गइन “

रोल्पाका एक शिक्षकले रक्सी सेवन गरेर विद्यालय जाने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको सरोकारवाला पक्षले खण्डन गरेका छन् ।

गत बुधबार ‘गुरु रक्सी खाएरै पढाउँछन् खुरुखुरु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसपछि अन्य केही अनलाइनले पनि लेखेका थिए । उक्त समाचारमा भनिए झैं रक्सी खाएर विद्यालय जाने गरेको आरोप लागेको रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित चन्द्रप्रभा माध्यमिक विद्यालयका शिक्षक दुर्गाप्रसाद रोकाले आपत्ति जनाएका छन् ।

शिक्षक रोका मात्र होइन, विद्यालयका प्रधानध्यापक,नेपाल शिक्षक महासंघ,रोल्पा र अखिल नेपाल शिक्षक संघ,रोल्पाले पनि समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

रोकाले हिजो वक्तव्य जारी गर्दै आफ्नो बचाउ गरेका छन् । आचरणमा प्रश्न उठाएर आफूमाथि आक्रमण गर्ने मनसायका साथ समाचार लेखाइएको उनको आरोप छ । ‘समाचारमा लगाइएका आरोपहरु सबै निराधार,झूठा र कपोलकल्पित हुन्’,उनले दाबी गरेका छन् ।

आफूले म्युजिक भिडियोमा अभिनयका लागि लिएको तस्वीरको दुरुपयोग गरेर त्यसैका आधारमा समाचार लेखिएको रोकाको दावी छ । त्यस्तै,होली पर्वमा स्थानीय साथीहरु बसेर खानपिन गरी रमाइलो गरिरहेको बेलाको तस्वीर मिडियाहरुले दुरुपयोग गरेको आरोप पनि उनले लगाएका छन् ।

शिक्षक रोकाले आफ्नो आचरणमा कुनै खोट नभएकाले विद्यालय प्रशासन र गाउँपालिकाले कुनै स्पष्टीकरण नसोधेको पनि भनेका छन् । समाचारमा भने रक्सी खाएर विध्यालय नआउन पटक-पटक चेतावनी दिँदा पनि राष्ट्रिय जनमोर्चानिकट शिक्षक संगठनको जिल्ला सचिवसमेत रहेका उनले त्यसैको आडमा अटेरी गरेको उल्लेख छ । साथै गाउँपालिकाबाट सरुवाको चेतावनी आउँदा केही दिन रक्सी छाड्ने गरे पनि फेरि उही व्यवहार दोहोर्याएको समाचारमा भनिएको छ ।

आफूले म्युजिक भिडियोमा अभिनयका लागि लिएको तस्वीरको दुरुपयोग गरेर त्यसैका आधारमा समाचार लेखिएको रोकाको दावी छ । त्यस्तै, होली पर्वमा स्थानीय साथीहरु बसेर खानपिन गरी रमाइलो गरिरहेको बेलाको तस्वीर मिडियाहरुले दुरुपयोग गरेको आरोप पनि उनले लगाएका छन् । शिक्षक रोकाले विद्यालय प्रशासन,स्थानीय तह, सरोकारवाला व्यक्ति तथा निकायसँग आफूबारे बुझ्न आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू