पस्नेबित्तिकै माननीय पक्का

पति सेनाको मालदार अड्डा लेखामा, पत्नीचाहिँ पार्टी प्रवेश गरेको पाँच महिनामै आदिवासी÷जनजाति कोटाअन्तर्गत उपेन्द्र यादवको संघीय समाजवादी फोरमबाट समानुपातिक सांसदको सिफारिसमा । दाम, कामको चलखेल नभई यस्तो सम्भव होला र ? लेफ्टिनेन्ट कर्णेल केदार भुजेल के भन्छन् कुन्नि ? यसबीच शनिबार सम्पन्न नरसिंह गण दल गोरखाको वार्षिकोत्सवमा अत्यधिक मापसे गरेर क्याप्टेन सरोजले भुइँमै लडीबुडी खेल्न भ्याएका छन् । उता सेनाले यसचोटि लिएको स्टाफ कलेज प्रवेश परीक्षामा यति कडाइ भयो कि कसैको सोर्सफोर्स काम चलेन । बेलायतको प्रसिद्ध स्याण्डहस्र्टबाट तालिम लिएर फर्किएका र आन्तरिक प्रतिस्पर्धामा समेत प्रथम स्थान हासिल गरी खुकुरी होल्ड गरेका अफिसरहरुसमेत असफल भएका छन् । 

टिप्पणीहरू