कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

आज मुलुकभर ८ सय ८८ जना काेराेना  संक्रमणमुक्त भएका छन् भने पिछल्लाे २४ घण्टामा मुलुकभर ७ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ७ हजार २ सय ३३ जनामा पीसीआर तथा ४ हजार ९ सय ६२ जनामा एन्टिजेन गरी १२ हजार १ सय ९५ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १२ जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ पुगेको छ । यसबीचमा

मुलुकभर अझै १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार ६ सय २२ जना होम र १ हजार १ सय ७५ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय १४ जनाको आइसीयु र १ सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ३१ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू