घान्द्रुक घुम्न जाँदा ९ जनाको “निधन”,८ को अवस्था गम्भिर

घान्द्रुक घुम्न जाँदा ९ जनाको “निधन”,८ को अवस्था गम्भिर

कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा बोलेरो जीप डेढ सय मीटर तल खस्दा ९ जनाको मृत्युु भएको प्रारम्भिक रिपोर्ट छ । कास्की प्रहरी प्रमुख रमेश थापाले सिडियो र आफू त्यतै जाँदै गरेको र पुगेपछि मात्र यकिन जानकारी दिन सकिने जन आस्थालाई बताउनुभयो ।

नयाँ पुलबाट घान्द्रुकका लागि छुटेको बा १ ज ६९०० नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा क्षतिको थरीथरी विवरण आएको छ । उकालोमा ब्रेक नलागेपछि जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरिक्षक सुवास हमालले जनआस्थासँग बताउनुभएको छ ।

जीप करिब सवा दुई बजे दुर्घटना भएको उहाँले बताउनुभएको हो ।  दुर्घटनामा परी जीपमा सवार ९ जनामध्ये ८ जना गम्भिर घाइते भएका छन् भने १ जनाको अवस्था सामान्य रहेको हमालको भनाई छ । गम्भिर घाइते भएका ६ जनालाई जिल्ला अस्पताल कास्की पठाईएको छ ।

सामान्य घाइते भएका एक जनालाई नयाँ पुलस्थित अस्पतालमा उपचारकालागि पठाइएको छ ।  घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

टिप्पणीहरू