माछापोखरीमा माछासरह मान्छेको भीड

माछापोखरीमा माछासरह मान्छेको भीड

राजधानीको नयाँ बसपार्क नजिकै बालाजु बाइपासमा बसको टिकट लिनेहरुको घुईंचोले कोरोना महामारीलाई समेत बिर्साइदिएको छ । काठमाडौंसँग जोडिएको धादिङका विभिन्न भागमा गुड्ने बसको टिकट लिनेहरुको भीडले सबैलाई अत्याएको छ ।

जनता महामारीमा कोरोना संक्रमणको जोखिम मोलेर भए पनि टिकट लिन त्यो भीडमा मिसिएका हुन् ।

सरकारले संक्रमणबाट जोगिन आग्रह गरेको र यातायात व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर टिकट बिक्री तथा यात्रा गराउने बताए पनि ती सबै कागजमा सीमित भएका छन् । यसबीच भाडा साबिकको दरमा झण्डै एक चौथाई बढाइएको छ । तर,सुविधा झन् झन् खुम्चिँदो अवस्थामा पुगेको छ ।

टिप्पणीहरू