जोशीको कुरा नटुङ्गिदा अरुलाई अप्ठ्यारो

जोशीको कुरा नटुङ्गिदा अरुलाई अप्ठ्यारो

सुदूरपश्चिमका शालिन नेता भानुभक्त जोशीलाई नेकपा एकीकृत समाजवादीले ब्यवस्थापन गर्न नसक्दा एमाले छाड्नेहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । भीम रावलको हाटहुटे शैली खप्न नसकेर भर्खरै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीलाई त्यहाँ स्थायी समिति सदस्य बनाउने त भनियो तर परिभाषित जिम्मेवारी भने दिइसकिएको छैन ।

एक कार्यक्रमवीच जोशी नेकपा एमाले छोडेर नेकपा एसमा प्रवेश गरेको एक साता हुँदै छ । त्यसैबेला नेकपा एसले जोशीभन्दा कनिष्ठ गरिमा शाहलाई सचिव नियुक्त गरेको छ । कनिष्ठलाई नेता मानेर तल जान जोशी हच्किएका कारण हाल एमालेमा रहेका तर एसमा इच्छुक नेता,कार्यकर्ता मन मारेर बसेको एक नेताले बताए ।

हाल एमालेमा रहेका केही प्रभावशाली नेता नेकपा एसमा प्रवेश गर्न तयार रहेपनि जोशीको पद व्यवस्थापन हुन नसक्दा ती अलमलमा परेका छन् । श्रोतका अनुसार अछाम,बाजुरा र बझाङ्गका केही प्रभावशाली नेता एमाले त्यागेर एसमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसको अनौपचारिक वार्ता समितिमा रहेका एक नेताका अनुसार पद व्यवस्थापन नमिली कुरा मिलिहाल्ने स्थिति छैन ।

टिप्पणीहरू