जीप दुर्घटनामा ४ किशोर ठहरै

जीप दुर्घटनामा ४ किशोर ठहरै

जन्ती बोकेर फर्किएको बोलेरो जीप आज बिहान दुर्घटनामा परेको छ जसमा परेर ४ जनाको मृत्यु भएको छ ।

अछाम जिल्लाको पन्चदेवल विनायक नगरपालिका १ कुइकाबाट विनायक बजारतर्फ फर्किने क्रममा से१च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

सोही नगरपालिका बस्ने १४ वर्षीय जीवन न्यौपाने,१८ वर्षीय सर्प बोहरा,१७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयकी कविता लेखकले बताउनुभयो ।

त्यस्तै,घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ।

जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मीटर तल खसेको थियो ।

टिप्पणीहरू