​जुत्ता के गरुँ ?

नेपाली कांग्रेसका नेताज्यूहरूले अस्ति जुत्ता चम्काउने अभियान सञ्चालन गर्नुभएको थियो । बडो राम्रो । नेताज्यूहरूले प्रतिकात्मक रुपमा जुत्ता चम्काएको भए पनि यथार्थमा आफ्नो भाग्य चम्काउने प्रयास गर्नुभएको रहेछ । यसलाई सबैले तारिफ नै गरेको पाइयो । 

दुःख के मात्र भने कांग्रेस नेताज्यूहरूको उक्त जुत्ता चम्काउने कार्यक्रम बानेश्वरमै मात्र सीमित भयो । म त यता हाम्रो घरनेर पनि यो कार्यक्रम चालु होला कि भन्ने आशमा थिएँ । छोराछोरी, श्रीमती, भतिजा–भतिजी सबै जनालाई आआफ्नो चम्काउनु पर्ने जुत्ता तयार पार्नु है भनेको थिएँ । सबैले पोको पारेर राखेका रहेछन् । तर, नेताज्यूहरूको जुत्ता चम्काउने कार्यक्रम स्थगन भएजस्तो लाग्यो । तसर्थ म केवल यति मात्रै जानकारी माग्न चाहन्छु, यो कार्यक्रम समाप्त भइसकेको हो कि यता हाम्रोतिर पनि सञ्चालन हुने छ ? म श्रीमती–छोराछोरीहरूलाई पोको पारिसकेको जुत्ता फुकाएर आआफ्नै ठाउँमा राखिदेऊ भनुँ कि पोको तयारी अवस्थामै राख भनुँ ? भुराहरूले सोधेर हैरान पारिसके ।

टिप्पणीहरू