रुपन्देहीमा ४ मरे,८१ घाइते,रातभर कर्फ्यु

रुपन्देहीमा ४ मरे,८१ घाइते,रातभर कर्फ्यु

रुपन्देहीको मोतिपुरमा आज दिउँसो भएको प्रहरी र औद्योगिक क्षेत्र कब्जा गर्ने समूहबीचको झडपमा ८१ जना घाइते भएका छन् । जसमा ४० जना सुरक्षाकर्मी र ४१ जना जग्गा हडप्न खोज्नेहरु छन् । सुरक्षाकर्मीमध्ये १७ जना सशस्त्र प्रहरी बल र २३ जना नेपाल प्रहरीका भएको गृह मन्त्रालयबाट थाहा लागेको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ मा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गामा पाल र टहरा बनाई जग्गा कब्जा गर्ने समूह बसेपछि सुरक्षाकर्मीसँग झडप भएको हो । घाइतेमध्ये अधिकांश लुम्बिनी अञ्चल अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।

उक्त औद्योगिक क्षेत्रलाई मध्यभागमा राखेर केही क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज अपरान्हबाट कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रभन्दा बाहिरको तिलोत्तमा नगरपालिका ३ स्थित मगरघाटको तिनाउ पुलमा प्रदर्शनकारीले ढुंगामुढा तेर्स्याएका छन् । कतिपय स्थानका भित्री सडकमा अवरोध पुर्याइएको छ ।

टिप्पणीहरू