अष्टलक्ष्मी हटाउने बैठकमा च्याङ्ग्राको चर्चा

अष्टलक्ष्मी हटाउने बैठकमा च्याङ्ग्राको चर्चा

बागमती प्रदेश सभाको नवौं अधिवेशनअन्तर्गत संसद बैठक प्रदेश राजधानी हेटौँडास्थित संसद सचिवालयमा जारी छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संविधानको धारा १८८ को उपधारा ९२० तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ उपनियम ९१० बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त लिन संसद अधिवेशनका लागि सिफारिस गरेसँगै असोज २४ गते संसद बैठक बोलावट भएको हो ।

तर,बैठकमा अष्टलक्ष्मीलाई पाखा लगाउनेबारे सामान्य छेडछाड गर्दै संसदमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुले दशैँको चर्चासहित शुभकामना दिएका छन् । नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनले मुख्यमन्त्रीको नाम दिन नसकेको भन्दै कामचलाउ सरकारले धेरै काम गर्नु नपरोस् भन्नुभएको छ भने अल्पमतमा परेका मुख्यमन्त्री धेरैबेर रहिरहनु नहुनेमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेले जोड गर्नुभएको छ ।

“राँगाको सुकुटीले नपुगेर चीनको च्याङ्ग्रा चाहिएको बताउनुभयो । उहाँले पुँजीपतिहरुलाई च्याङ्ग्रा खानकै लागि रसुवागढी नाकासमेत खोलिएको बताउनुभयो ।”

बैठकको शुरुमै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैँको शुभकामना दिनुभएको थियो भने प्रतिपक्ष दलका नेताहरु माओवादी केन्द्रका शालिकराम जमकट्टेल, नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँ,नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे लगायतले दशैँको शुभकामनासँगै सरकार फेर्नेबारे चर्चा गर्नुभएको हो । त्यसो त साना दलका तर्फबाट बोल्ने रमेश पौड्याल,रिता माझी,प्रेम तामाङ लगायतले पनि मन्तव्य राखिसक्नुभएको छ । जनता समाजवादीका सांसद प्रेम तामाङले हिँजो सामन्तवाद र दलालहरुको बिरोध गर्नेहरु अहिले आफै नव सामन्तवाद बनेको भन्दै राँगाको सुकुटीले नपुगेर चीनको च्याङ्ग्रा चाहिएको बताउनुभयो । उहाँले पुँजीपतिहरुलाई च्याङ्ग्रा खानकै लागि रसुवागढी नाकासमेत खोलिएको बताउनुभयो ।

सभामुख सानुकुमार श्रेष्ठले बैठक १५ मीनेटपछि पुनः शुरु हुने गरी स्थगनको घोषणा गर्नुभएको छ ।

टिप्पणीहरू