महाधिवेशन आउनु कहिले कहिले, रन्को छुट्यो अहिले

महाधिवेशन आउनु कहिले कहिले, रन्को छुट्यो अहिले

-पूजा लम्साल

सन् २०२२ का लागि नेतृत्व चयन गर्न आगामी पुस ३ देखि ५ गतेसम्म पोखरामा जेसिजको राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२२ को राष्ट्रिय अध्यक्ष पदका लागि पाँच जनाले मनोनयन पेश गरेका छन् ।

विधिको शासन र युवाहरुको नेतृत्व विकासका लागि भन्दै नेपाल जेसिजको सन् २०२२ को राष्ट्रिय अध्यक्षमा विराटनगरका युवा उद्यमी श्यामसुन्दर पौडेल (मिलन) ले समेत दाबेदारी प्रस्तुत गरेका छन् । असोज २२ गते राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दर्ता गराएर उनले आफू विजयी हुने दाबी गरेका हुन् ।

मुलुकभर नेपाल जेसिजका १ सय ६१ शाखा छन् । सबै शाखाका सात जना कार्यसमिति सदस्यले मतदानमा भाग लिन पाउँछन् । यसबाहेक केहीसँग रिजर्भ मतदानको अधिकारसमेत सुरक्षित छ ।

पौडेल जेसिजको राष्ट्रिय उपाध्यक्ष र कतिपय पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । देश विदेशको राम्रै अनुभव र पहिचान बनाएका पौडेल विराटनगरका चर्चित युवाउद्यमी हुन् । मेडिकल व्यवसायमा आबध्द उनले चार सय जनालाई रोजगारी दिएको बताएका छन् । उनी विराटनगरस्थित मोरङ सहकारी अस्पताल,कोशी हेल्थ कलेज,निको अस्पतालको सञ्चालक हुन् ।

उनले यसअघि सन् २०२१ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराए पनि सहमति र सहकार्यका लागि भन्दै मनोनयन फिर्ता लिएका थिए । त्यो कारण पनि यसपटकको राष्ट्रिय अध्यक्षमा आफू विजयी हुनेमा ढुक्क देखिएका छन् । तर, परिस्थिति फरक ढंगले अघि बढेको जेसिज स्रोतले बताएको छ ।

टिप्पणीहरू