अब हङकङमा पनि चीनको राष्ट्रिय झण्डा र निशान छाप

अब हङकङमा पनि चीनको राष्ट्रिय झण्डा र निशान छाप

अबदेखि चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा त्यहाँको झण्डासहित राष्ट्रिय झण्डा र चीनको निशान छाप समेत राख्नुपर्ने नयाँ नियम लागू गरिएको छ ।

उक्त नियम हङकङ सरकारले राजपत्रमा प्रकाशित गरेपछि शुक्रबारदेखि लागू भएको हो । चीनको पछिल्लो नियमलाई हङकङ सरकारका प्रवक्ताले मौलिक सिध्दान्त र भावनाको सम्मान भनेका छन् । ‘यो नियम आफ्नो देशको सम्मान गर्न, राष्ट्रिय झण्डा र राष्ट्रिय प्रतीकलाई सम्मान हो,’ प्रवक्ताले उल्लेख गरेका छन् ।

नयाँ नियमअनुसार मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रम दिवस,चिनियाँ वसन्त चाडको पहिलो दिन र संविधान दिवसका दिन हङकङको झण्डासँगै राष्ट्रिय झण्डा र निशान छाप समेत झुण्ड्याउनुर्ने अनिवार्य व्यवस्था गरिएको हो ।त्यस्तो व्यवस्था मुख्यगरी हङकङको मुख्य कार्यकारी,प्रमुख अधिकारीहरु,न्यायपालिका, कार्यकारी काउन्सिल, व्यवस्थापिका काउन्सिल र जिल्ला परिषदको शपथ ग्रहण समारोहमा राख्नैपर्ने गरिएको छ । त्यसैगरी सरकारी वेबसाइटमा समेत निशान छाप राख्नुपर्ने भएको छ ।

अबदेखि त्यहाँका विद्यालयहरुमा पनि राष्ट्रिय झण्डा र निशान छाप अनिवार्य भनिएको छ । हरेक दिन प्राथमिक र माध्यमिक विद्यालयहरुमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नुपर्ने कार्यक्रम राख्नुपर्ने गरि त्यहाँको शिक्षा ब्युरोले समेत निर्देशन जारी गर्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू