हेलिकप्टरबाट आजै प्रचण्ड कमरेड तीन ठाउँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश केन्द्रित दलको माग सम्बोधनका लागि छिट्टै संविधान संशोधन हुने बताउनुभएको छ । उहाँले मधेसी जनताको अधिकारको संरक्षणका लागि नागरिकता र भूमि अध्यादेश ल्याउने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।

आज नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिकाको प्रशासनिक भवन अनावरण गर्दै प्रचण्डले आफ्नो पार्टी र गठवन्धन सरकार मधेसी जनताका सरोकारको विषयमा संवेदनशील रहेकाले केही समयमै संविधान संशोधन गरेर माग पुरा गर्ने बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा प्रचण्डसँगै माओवादी नेता मात्रिका यादव, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम, लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जैसवाल,भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्र नवलपरासीका इञ्चार्ज घनश्याम यादव,नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष बिष्णुप्रसाद पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेता मुकुर्जी गिरी,विभिन्न स्थानीय तहमा प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए ।

उद्योग संघ चितवन शाखाको ३०औं साधारणसभा एवं १६औँ अधिवेशन उद्घाटनका लागि चितवन पुग्नुभएका प्रचण्ड त्यतैबाट भवन उद्घाटनका लागि नवलपरासी छिर्नुभएको हो । उहाँ आजै 9N- ALK श्रीएअरको हेलिकप्टरद्वारा चितवनतर्फ र मुख्यमन्त्री केसी बुटवलतर्फ प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू