भीम रावलको जिल्लामा एकीकृत समाजवादीको जुलुस

भीम रावलको जिल्लामा एकीकृत समाजवादीको जुलुस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अछामको सदरमुकाम मंगलसेनमा जुलुुस निकालेको छ । पार्टीको प्रथम जिल्ला भेलाको अवसरमा जुलुस निकालिएको हो ।

आज एकीकृत समाजवादीका नेताहरु शेरबहादुर कुँवर,दीर्घ सोडारी,कुलबहादुर कुँवर,मीना साउदलगायतका नेताहरुको नेतृत्वमा मंगलसेनमा ठूलो जुलुुस निस्केको हो ।प्रदर्शनकारीले एकीकृत समाजवादी जिन्दावादलगायतका नारा लगाएका थिए । अछाम एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला हो ।

यसैबीच भेलाले हिरण्ड भट्टराईको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीको गठन गरेको छ । कमिटीका उपाध्यक्षहरुमा योगेन्द्र विष्ट, विरमला बुढाथापा, सचिवमा नवराज साउद र उपसचिवहरुमा नमराज न्यौपाने, डबल चलाउने , हिक्मत कुँवर, नयन सोडारी र केशरी रेग्मी रहनुभएको छ ।

 

टिप्पणीहरू