​बक्लिन् त उनले बलात्कारको बात ?

आधा बोत्तल डबल ब्ल्याक, तीन थान वाइन ग्लास (रेड वाइन र ह्वीस्कीको गन्ध आउने), एक थान पेन्टी, प्रयोग गरिएको पाँच थान कण्डम !
अहिले चर्चामा रहेको ‘दरबारमार्ग बलात्कार काण्ड’ पछि प्रहरीले घटनास्थल (होटल ल्याण्डमार्क) बाट बरामद गरेको सबुत प्रमाणको सूची हो यो । प्रहरीले उनैको नाममा किटानी जाहेरी दर्ता गराएको छ । थाहा छैन, आरोपीहरु पक्राउ परेपछि प्रहरी सबुतका रुपमा रक्सीका बोत्तल र कण्डमका पोका बोकेर अदालत जान्छ कि जाँदैन । तर, प्रहरीसँग युवती बलात्कृत भइन् भन्ने माथिका सबुतबाहेक कुनै प्रमाण छैन । घटनालाई बलात्कार भनेर तर्साउने, त्यो नाममा आर्थिक लेनदेन गर्ने र सामसुम पार्ने– यही गलत नियतका कारण अहिले प्रहरीमात्र हैन, युवती र उनका पुरुष साथीहरु पनि भागाभाग छन् ।

कैलालीको चौधरीकी छोरी र रामेछापका शैलेशबीच विगत ६ महिनादेखि चिनजान हो । न उनीहरु नाता पर्थे, न काम एउटै, न भेटिने कुनै स्वभाविक कारण । तर, यसबीच उनीहरुको सम्बन्ध अरु कुनै कारणले होइन, आर्थिक लेनदेनसहितको नियमित यौन सम्बन्धले जोडिरहेको थियो । युवतीले दरबारमार्ग प्रहरीलाई केही दिनअघि दिएको बयानमा भनेकी छन्, ‘उसले मलाई पैसा दिन्थ्यो । म पैसाका लागि ऊसँग नजिक थिएँ । धेरैजसो हामी बसुन्धरा, महाराजगञ्जका होटलमा जान्थ्यौँ । सँगै खान्थ्यौँ, सँगै सुत्थ्यौँ ।’

यसरी सँगै खाने, सँगै सुत्ने सिलसिलामै माघ ७ गते दरबारमार्ग पुगेका थिए । प्रहरीले अनुसन्धान क्रममा निकालेको कल डिटेल्सका आधारमा त्यसदिन दिउँसो युवतीको नम्बरबाट शैलेशलाई म्यासेज गएको छ, ‘आज …. मन लाग्यो ।’ संयोगले त्यही दिन भारतको चेन्नईमा अशोक लेल्याण्ड अटो मोबाइलले आयोजना गरेको एक्स्पोमा सहभागी हुन हेटौंडाबाट दीपक श्रेष्ठहरु काठमाडौं आइपुगेका थिए । शैलेश, दीपक, विकास गौतम, रवि पौडेल– यतिजना भएर सँगै चेन्नईका लागि भोलिपल्ट उड्ने तयारी थियो । त्यसदिन दीपकले दरबारमार्ग आइपुगेपछि शैलेशलाई फोन गरेका छन् । युवतीले ‘मन लाग्यो’ भनेको केही समयपछि दीपकले युवतीसँग पुरानो ठाउँमा नभएर दरबारमार्गमा भेट्ने बताए । यही सल्लाहअनुसार दीपकलाई पाँचवटा कोठा बुक गर्न भनेका थिए शैलेशले । किनभने, दीपकहरुको चाहना थियो, एक–एकजना युवतीसँग त्यस रात बस्ने । र, होटल ल्याण्डमार्कमा पाँचै कोठा उनको नाममा बुक भयो । त्यसको पैसा शैलेशले तिर्ने भनेका थिए । साँझ होटलमा चार युवती र पाँच युवक थिए । मदिरा बाहिरैबाट लगेका थिए, शैलेशले । उनीसँग प्रायः भेट हुने युवती (चौधरी) वाइन पिउने गर्थिन् । स्न्याक्सचाहिँ ल्याण्डमार्ककै रेष्टुरेण्टबाट मगाइयो । र, त्यहीँको बारबाट युवतीहरुले पिउन चाहेको वाइन पेगका हिसाबले अर्डर भयो । केटाहरुले बद्मासी के गरे भने, डबल ब्ल्याक खोले, युवतीहरुलाई वाइन पनि मगाइदिए । तर, आफूहरुले डबल ब्ल्याक चुस्स–चुस्स खाएजस्तो मात्रै गरे । युवतीहरुलाई चाहिँ वाइनमा डबल ब्ल्याक कक्टेल गराइदिए । सबभन्दा धेरै मात्नेमा उनै युवती थिइन् । अरु तीन युवती पनि उनै चौधरीको सम्पर्कबाट त्यहाँ पुगेका । ल्याण्डमार्क होटलको सिसिटिभी फुटेजमा देखिएअनुसार, ९ बजेको आसपास तीन युवती खाई–पिई सिध्याएर निस्किएका छन् । तर, चौधरी भित्रै थिइन् । उनले प्रहरीलाई बताएअनुसार तीन युवक र तीन युवतीबीच खानपिनलगत्तै यौन सम्पर्क भयो ।

त्यसपछि उनीहरु बाटो लागे । तर, आफूचाहिँ शैलेशका लागि गएकोमा उसले ‘अर्को केटासँग पनि जा’ भनेपछि आपत्ति जनाइन् । मदिराको तालमा होटलबाट निस्किइन् । दरबारमार्गको प्रहरी कार्यालय देखिनsrU]खरी पुगिन् । कमलपोखरीका प्रहरीले दरबारमार्ग बृत्त देखाइदिए । उनले त्यहीँ भनेकी हुन्, ‘म बलात्कृत भएँ ।’ प्रहरीले स्वास्थ्य परीक्षण गरायो । त्यसको रिपोर्टमा यौनाङ्गबाट वीर्य स्खलन भएको उल्लेख छ, तर बलात्कृत भएको अवस्थामा अस्वाभाविक किसिमले रगत बग्ने, यौनाङ्गमा चोट र दाग देखिनेजस्ता विवरण थिएन । त्यसैले, प्रहरीले बुझ्यो– यौनसम्पर्क भएको हो तर बलात्कार होइन । प्रहरीले युवतीलाई ८ गते शैलेशसहित दरबारमार्ग बोलायो । तर, उनी गइनन् । भोलिपल्ट सई चन्द्र भण्डारीले फोनमा थर्काएपछि बल्ल गइन् । उनलाई प्रहरीले शैलेशलाई जसरी पनि लिएर आउनु भनेको थियो । तर, शैलेश र युवती बाहिरै मिलिसकेका थिए, प्रहरीकहाँ जान मानेनन् । तीव्र दबाबपछि युवतीले शैलेशलाई अन्यत्र भेट्न बोलाइन् र त्यही बेला प्रहरीलाई खबर गरेर आफू पनि सँगै गइन् । त्यसदिन, अर्थात् ९ गते शैलेशलाई दरबारमार्ग प्रहरीले रातभरि हिरासतमा राख्यो । १० गते बिहान शैलेश र युवतीका अभिभावकसहित छलफल भयो । सई चन्द्रले मिलापत्रको कागज गराए, दुबै बाटो लागे ।

यो घटनाभित्र बलात्कारभन्दा बढी आर्थिक चलखेल जोडिएको छ । युवतीको बैंक खातामा पहिल्यै करिब दुई लाख देखिन्छ । दरबारमार्गमा मिलापत्र गरेलगत्तै स्रोत नखुलेको २८ लाख रुपैयाँ मौज्दात भएको छ । युवतीले आफूलाई पहिल्यैदेखि शैलेशले पैसा दिने गरेको बयानमा भनेकी छन् । प्रहरीले बिनापैसा यस्तो काममा जोखिम मोल्दैन । युवतीले बताएअनुसार, प्रहरीहरुलाई शैलेशले होटलको मान्छेमार्फत पैसा दिएका छन् । दरबारमार्ग प्रहरी बृत्तका डिएसपी तिलक भारती, इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी त्यहाँबाट हटाइएका छन् । त्यसमध्ये मुद्धा फाँटको इञ्चार्ज रहेका इन्स्पेक्टर ठकुरी निलम्बनमा छन् । युवतीले किटानी जाहेरी त दिएकी छन् । तर, अदालतमा साक्षी बकपत्र गर्ने मानिस भेटिएका छैनन् । मेडिकल रिपोर्टले बलात्कार भन्दैन । अस्वाभाविक रुपमा खातामा ओइरिएको पैसाको स्रोत देखाउन नसक्दा युवतीले पनि बलात्कृत भएकी हुँ भन्ने सम्भावना कम छ ।

टिप्पणीहरू