दिनदिनै सिडिओ फेरिएको फेरियै

दिनदिनै सिडिओ फेरिएको फेरियै

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला प्रमुख अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ । गृहको हिजोको मन्त्रीस्तरीय निर्णयबाट पर्सा,सुनसरी,रौतहट र बाँकेका सिडियोहरुको सरुवा गरिएको हो ।

जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा उपसचिव रहेका कृष्णबहादुर शाहीलाई रौतहटको सिडिओ बनाइएको छ । त्यस्तै, सुनसरीका सिडिओ उमेशकुमार ढकाललाई पर्सा पठाईएको छ ।

गृहका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको सिडिओ बनाएर पदस्थापन गरिएको छ भने रौतहटका सिडिओ इन्द्रदेव यादवलाई सुनसरीको सिडिओमा सरुवा गरिएको छ ।

टिप्पणीहरू