बालुवाटारमा लगानी बोर्डको बैठक,यस्ता भए निर्णय

बालुवाटारमा लगानी बोर्डको बैठक,यस्ता भए निर्णय

लगानी बोर्डको बैठकले दुई वटा जलविद्युत् कम्पनीको लगानी र पूँजी बृध्दि स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गर्नुका साथै विभिन्न सात वटा निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको ४८ औँ बैठकले जुम खोलाको लगानी स्वीकृत र बहुचर्चित अरुण तेस्रोको पुँजी बृध्दि गरेको हो । बोर्ड बैठकपछि निर्णय सुनाउँदै सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीबृध्दि स्वीकृत गरेको जानकारी दिनुभयो ।

अधिकारीले भन्नुभयो,‘लगानी बोर्डको ४८औँ बैठक सम्पन्न भएको छ,यसले सातवटा विभिन्न एजेण्डाहरु पास गरेको छ,जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको छ,अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीबृध्दि स्वीकृत गरेको छ।’

लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधीन छ । बोर्ड बैठकले सम्राट सिमेन्ट र क्युटिवान माथिल्लो त्रिशुली वानको शेयरको स्ट्रक्चर परिवर्तनसम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम पनि स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्ड बैठक बसेको हो ।

टिप्पणीहरू