छोराको रिक्तता पुर्दै ज्वाईं

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेठा ज्वाइँ सागर केसीलाई स्वकीय सचिव बनाउँदै छन् । पुत्र प्रकाशको निधनपछि उनको ठाउँमा अहिलेसम्म कसैलाई नियुक्त गरेका छैनन् । उनको राजनीतिलाई साथ दिने, आन्तरिक गोप्यता कायम गर्न सक्ने र कुशल व्यवस्थापनका साथै सुरक्षाको गम्भीरतालाई व्यवस्थापन गर्न सक्ने व्यक्तिको खाँचो छ । अहिले सचिवालयमा रहेका जोखबहादुर महरा र मिडिया हेर्ने मनहरि तिमिल्सनाबाट खासै सन्तुष्ट नरहेको बताइएको छ । यसअघिका स्वकीय सचिव भतिज समीर दाहालले आफू नबस्ने बताएका छन् । अर्का पूर्वस्वकीय सचिव चूडामणि खड्का गोरखाको राजनीतिमा छन् । केही दिनअघि सचिवालयले सूचना जारी गरेर भेटघाट पार्टी कार्यालयमा गर्ने बताएको थियो । प्रकाशको निधनपश्चात् विभिन्न स्वार्थ समूहका मानिस बिहानै प्रचण्डलाई भेट्न नयाँ निवास खुमलटार जान्थे । भीड बढेको र सीता दाहाललाई समेत मान्छे नचिन्ने व्यथाले च्यापेपछि पार्टी कार्यालयमा भेट्न सूचना जारी गरिएको हो । 

कान्छा ज्वाइँ जीवन आचार्यको चर्चा चले पनि प्रचण्डले जेठालाई रोज्न लागेका हुन् । ज्ञानु दाहालको निधनपश्चात् साला प्रकाशले सागरलाई दाजुको रूपमा सम्हालेका थिए भने प्रचण्डले सागरलाई छोरासरह मान्ने गर्छन् ।

टिप्पणीहरू