चिट्ठा परेर इजरायल जानेहरु छानिए

चिट्ठा परेर इजरायल जानेहरु छानिए

दीर्घकालिन स्याहार केन्द्रमा कामदारका लागि इजरायल जान भाषा परीक्षा उत्तिर्ण गरेकोहरुको अन्तिम नतिजा असोज २५ गते आउने भएको छ । वैदेशिक रोजगार विभागले लिएको अन्तरवार्तामा छनोट भई इजरायल सरकारको छनोट प्रतिक्षामा बसेकाहरुको नतिजा सोमबार सार्वजनिक हुने भएको हो ।

रोजगारीका लागि इजरायल जान लिइएको भाषा परीक्षामा एक हजार ६ सय जना उत्तिर्ण भएका थिए । जसमध्ये एक हजारलाई मात्र इजरायल जान पाउने गरी छनोट गर्न लागिएको हो । इजरायल सरकारले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको माग गरेकाले सोहीअनुसार छनोट गरिने बताइएको छ ।

सोमबार मध्यान्ह साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरुको उपस्थितिमा चिट्ठामार्फत श्रमिक छनोट गर्न लागिएको जानकारी गराइएको छ । नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’ मा नतिजा हेर्न सकिने दूतावासले बताएको छ ।

इजरायल जाने कामदारले सबै खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ । मेडिकल शुल्क,कल्याणकारी शुल्क,बिमा,टिकटलगायतका सम्पूर्ण लागत कामदारले नै तिर्नुपर्ने छ ।

त्यस्तै,रोजगारीको लागि इजरायल जाने व्यक्तिको उचाइ १.५ मीटर र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ ।

टिप्पणीहरू