सबैलाई मन्त्रीमा समेट्न नसक्दा प्रधानमन्त्रीलाई सन्ताप

सबैलाई मन्त्रीमा समेट्न नसक्दा प्रधानमन्त्रीलाई सन्ताप

शपथ लिएको ८८ दिनमा सरकारलाई पूर्णता दिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा महत्वपूर्ण नेता छुटेकोमा आफूलाई दु:ख लागेको बताउनुभएको छ । पार्टीभित्र महत्वपूर्ण योगदान गरेका क्षमतावान नेतालाई क्याबिनेटमा समेट्न नसकिएको भन्दै उहाँले दु:ख पोख्नुभएको हो ।

पोखरा जानुअघि स्कुल अफ डेमोक्रेसीद्वारा प्रकाशित ‘विशेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज प्रधानमन्त्री देउवाले गठवन्धन सरकार भएकाले महत्वपूर्ण नेतालाई मन्त्री बनाउन नसक्नु आफ्नो बाध्यता भएको बताउनुभयो । उहाँले आफ्नो यो बाध्यता बुझिदिन नेताहरुलाई आग्रहसमेत गर्नुभयो ।

उहाँले क्याबिनेटमा नसमेटिएका नेताहरूलाई भविष्यमा उचित भूमिका दिने बताउनुभएको छ । प्रधानमन्त्रीले हिजो आफ्नै दल काँग्रेस,सत्ता साझेदार दलहरु माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपालाई समेटेर क्याबिनेट विस्तार गर्दै सरकारलाई पूर्णाता: दिनुभएको थियो । तर, क्याबिनेट विस्तारलाई लिएर काँग्रेसभित्र रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ भने सत्ता साझेदार अन्य दलमा पनि असन्तुष्टिको आवाज सुनिएका छन् ।

टिप्पणीहरू