पोखरामा नेकपा एकीकृत समाजवादीको चियापान

नेकपा एकीकृत समाजवादी पार्टी कास्कीले चाड पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम शुरु गरेको छ । पोखरा-८ सभागृह हलको प्राङ्गणमा उसले हिन्दू धर्मावलम्बीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली,छठ, नेपाल सम्वत ११४२ लगायतको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।

कास्की जिल्लाका पार्टी अध्यक्ष धनराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तथा पूर्वमन्त्री केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा विशिष्ट अतिथिको रुपमा प्रस्तुत हुनुभएको छ । त्यस्तै,गण्डकी प्रदेशका भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का,गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारीको पनि कायक्रममा सहभागिता रहेको छ ।

यता,पार्टीका केन्द्रीय सदस्यहरु , प्रदेश तथा जिल्लाका पदाधिकारीहरु तथा सदस्यहरु , पार्टी नेता तथा कार्यकर्ताहरु लगायत पत्रकारहरु गरी करिब २० दर्जनको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू