कमरेडहरुलाई दशैँ लाग्यो,चियाको खपत बढ्यो

कमरेडहरुलाई दशैँ लाग्यो,चियाको खपत बढ्यो

नेकपा एकीकृत समाजवादीको काठमाण्डौं महानगरपालिका वडा नम्बर पन्ध्रले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । आज भुईँखेलचौर स्वयम्भूमा शुभकामना साँट्ने काम भएको हो ।

हिन्दू धर्मावलम्वीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा एकमुष्ट आयोजित उक्त कार्यक्रम पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा नेकपा एस काठमाण्डौं महानगरपालिका वडा नम्बर १५ का वडा कमिटी अध्यक्ष राजा शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय सचिव जीवनराम श्रेष्ठ र काठमाण्डौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू