शपथकै वीच परराष्ट्रमन्त्री फेरि बिदेशतिर

शपथकै वीच परराष्ट्रमन्त्री फेरि बिदेशतिर

तीन हप्ताअगाडि आफूले शपथ खाएकै बेलुका संयुक्त राष्ट्रसंघको महासभाका निम्ति न्यूयोर्कतर्फ लाग्नुभएका पररास्ट्रमन्त्री डा.नारायण खड्का हिजो भने अरु मन्त्रीको शपथकै वीच असँलग्न रास्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन पूर्व युगोस्लाभ गणराज्यबाट छुट्टिएको सर्बिया जानुभएको छ ।

त्यहाँका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा बेलग्रेडमा असोज २५ र २६ गते यौटा शिखर सम्मेलन हुँदैछ ।

तत्कालीन शक्ति राष्ट्रहरु सोभियत युनियन र अमेरिका कतै पनि नलाग्ने गरी गठित असंलग्न मुलुकहरुको सम्मेलन आयोजना हुँदै आएको छ । प्रतिनिधिमण्डल असोज २७ गते मात्र स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

बेल्ग्रेड जानुअघि मन्त्री खड्का र भारतीय राजदूत बिनयमोहन क्वात्रावीच मन्त्रालयमा भेट्वार्ता भएको थियो ।

टिप्पणीहरू