​खर्च करोड, हिसाब तोडमरोड

बेसीशहर सजी मैदानबाट एमालेले विजयी ¥याली निकाल्ने तयारी गर्दा प्रतिद्वन्द्वी धनञ्जय दवाडीलाई गर्लम्म अंगाल्ने गर्जबहादुर गुरुङले भनेका थिए, ‘खाना मेरो खाएछन्, मतचाहिँ तपाईंंलाई खन्याएछन् ।’ आँशु झार्दै यसो भन्ने उनैले निर्वाचन कार्यालयलाई भने चुत्थो खर्च विवरण पेश गरेका छन् ।

१ नम्बर प्रदेशसभाको उम्मेदवार भए पनि उनको प्रचारप्रसार अभियानमा २ नम्बर प्रदेशका कार्यकर्ताको हुल बढी थियो । साँझ होस् वा बिहान लोकल ठर्रामै चित्त बुझाउनेहरूले पनि बियर पेल्न छाडेनन् । गाउँगाउँमा खसी, बोका र राँगा ढालिए । तर, निर्वाचन कार्यालयलाई त्यसको बिल भर्पाई बुझाउने कुरा भएन । दशौं लाख त मापसेमा मात्र खर्चियो होला तर निर्वाचन कार्यालयलाई भने दश लाख मात्र खर्च भएको विवरण बुझाइएको छ । 

यता, कांग्रेसकै प्रदेशसभा ख का उम्मेदवार कृष्णप्रसाद कोइरालाले भने झण्डै १५ लाखका विवरण पेश गरेका छन् । 
यता, संघीय फोरमका सुरेश गुरुङले ८ हजार, इन्द्रबहादुर गुरुङले १५ हजार ५ सय, क्रिश्चियन पार्टी ‘आमूल परिवर्तन मसिहा’का नन्दजंग गुरुङले ७ हजार खर्च विवरण पेश गरेका छन् । ४ सयको हाराहारीमा मत ल्याउने नयाँ शक्तिका राजु थापाले २ लाख १५ हजार २ सय ८०, विवेकशील साझाका तुलसीराम गुरुङले ४२ हजार २ सय ५०, स्वतन्त्रका मुनिन्द्र थापाले ४८ हजार ४ सय ८२, उत्तम गुरुङले १ लाख ८८ हजार ७
सय, जनसमाजवादी पार्टीका हर्के सार्कीले ८७ हजार ९३ को खर्च भएको जनाएका छन् ।

त्यस्तै, प्रदेशसभा ‘ख’ का विजयी उम्मेदवार पृथ्वीसुब्बा गुरुङले आइतवार मात्र ९ लाख ८६ हजार, ८ सय खर्च भएको विवरण पेश गरेका छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ६० लाख माथि खर्च गरेरपनि झिनो मतअन्तरले पराजित गुरुङको यसपटक भने २५ लाखको हाराहारीमा खर्च भएको बताइन्छ । यता, प्रतिनिधिसभामा विजयी उम्मेदवार देवप्रसाद गुरुङले जम्मा ६ लाख २४ हजार ५ सय खर्च भएको विवरण पेश गरे पनि ३० लाखभन्दा कम खर्च भएको छैन । अञ्जनकुमार 

टिप्पणीहरू