नेताहरुमा मरेकै हो त मानवीयता ?

नेताहरुमा मरेकै हो त मानवीयता ?

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की झण्डै अढाई महिनादेखि सिकिस्त बिरामी भएर अस्पतालमा हुनुहुन्छ । लामो समयदेखि ब्लड प्रेसरको समस्या झेल्दै आउनुभएका कार्कीलाई ब्रेन ह्यामरेज (मस्तिष्कघात)भएर अस्पताल भर्ना गरिएको हो ।

शुरुमा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराएपछि हाल उहाँलाई थेरापीका लागि ग्वार्कोको बिएण्डबी नजिकै एक अस्पतालमा राखिएको छ ।

प्रेस काउन्सिलको पूर्वअध्यक्षसमेत रहनुभएका कार्की चर्चित कानुन व्यवसायी हुनुहुन्छ । खासगरी सार्वजनिक सरोकारका विषयमा आफैँ मुद्दा दर्ता गर्ने र अग्रपंक्तिमा रहेर कानुनी लडाइँ लड्नुहुने उहाँले प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामा पनि बहस गर्नुभएको थियो । विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय कार्की सरल स्वभावको हुनुहुन्छ ।

‘एक्कासी यस्तो खबर सुनाउँदा झन् गाह्रो हुने हो कि भनेर उहाँलाई यसबारे केही पनि भनिएको छैन’,

प्रतिनिधिसभा पुनर्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित दायर गरिएको रिटमा बहस गर्नुभएका कार्की अहिले बिरामी भएर हस्पिटलको बेडमा लडिरहनु छ । तर,त्यहि मुध्दा जितेर सरकारमा पुगेकाहरुले उहाँको स्वास्थ्य अवस्थाबारे सामान्य सोधनीसमेत गरेका छैनन् ।पारिवारिक स्रोतका अनुसार अस्पताल लगेको दुई महिना भैसक्दा पनि कुनै नेताले अहिलेसम्म फोन गरेर सामान्य सोधपुछसमेत गरेका छैनन् । ‘कसैले केही दिन्छ कि भन्ने आश गरेको छैन,दिएर हामीलाई पुग्ने पनि होइन । तर,बिरामी भएका बेला यसो सोधखोजसम्म गरिदिए हौसला हुन्थ्यो कि भन्ने लागेको मात्रै हो’,परिवारका एक सदस्यले भने ।

दुखेसो गर्दै उनले भने, ‘अरु बेला त आफ्नो दु:ख सुख छँदैछ । यस्तै अप्ठेरो परेको बेला नै त हो नि भरोशा खोजिने । उहाँहरुकै लागि मुध्दा लड्ने,बहस गर्ने काममा खट्दा बिरामी भएको हो । तर, अहिले कसैले वास्तासम्म नगर्दा दु:ख लाग्दो रहेछ ।’

‘कसैले केही दिन्छ कि भन्ने आश गरेको छैन,दिएर हामीलाई पुग्ने पनि होइन । तर,बिरामी भएका बेला यसो सोधखोजसम्म गरिदिए हौसला हुन्थ्यो कि भन्ने लागेको मात्रै हो’,

कार्कीको परिवारमा एकैचोटी यति ठूलो बज्रपात परेको छ कि उहाँका दाइ र भतिजो पनि बिरामी हुनुहुन्छ । गम्भीर बिरामी उहाँका दाइ कोमामा मृत्युसँग जुधिरहनु भएको छ । भतिजोलाई पनि अप्रेसन गरेर अस्पतालमै राखिएको छ । ‘एक्कासी यस्तो खबर सुनाउँदा झन् गाह्रो हुने हो कि भनेर उहाँलाई यसबारे केही पनि भनिएको छैन’,परिवारका ती सदस्यले भने ।यता,पोखरा महानगरका मेयर मानबहादुर जिसी पनि कार्कीकै जस्तो हालतमा हुनुहुन्छ । जिसीलाई शुरुमा रक्तचाप कम भएको देखिएकाले स्थानीय अस्पतालमा उपचार गरिएको थियो । पछि उहाँको देब्रे भाग पूरै नचल्ने भएको हो ।

पोखरामा उपचार नभएपछि काठमाडौं ल्याएर बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरियो । अहिले नजिकै गोल्फुटारस्थित छोरीको घरमा राखेर स्वास्थ्यलाभ गराइँदैछ । एमालेमा अध्यक्ष केपी ओली निकट रहेर काम गर्नुभएका उहाँलाई पनि कसैले वास्ता गरेको छैन । अरु त अरु अध्यक्ष ओलीले समेत सामान्य सोधनीसम्म नगरेको नातेदारको गुनासो छ ।

‘‘सबै जनाले राम्रो र सारसुहाउँदो अवस्थामा मात्र खोज्दा रहेछन्, पार्टीभित्र पनि त्यहि रहेछ,’ दुःख व्यक्त गर्दै एक जना नातेदारले भने, ‘आफू र आफ्नो परिवारलाई नपरी सायद कसैलाई पनि दु:ख थाहा हुँदैन होला ।’

टिप्पणीहरू