नेकपा एसको शुभकामना,एमालेको पनि बुध्दिजीवी भेला

नेकपा एसको शुभकामना,एमालेको पनि बुध्दिजीवी भेला

नेकपा (एकीकृत समाजवादी) पार्टी गण्डकी प्रदेश सम्पर्क कमिटीले चाड पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा एसको गण्डकी प्रदेश सम्पर्क कमिटीले हिन्दू धर्मावलम्बीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली,छठ लगायतको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो ।

गण्डकी प्रदेशका अध्यक्ष लीला शेरचनको आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

त्यस्तै, विशेष अतिथिमा पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सहईन्चार्ज बिजय गुरुङलगायत ८ दर्जनको उपस्थिति रहेको थियो । यसैबीच तुल्सीलाल स्मृति भवनमा जारी नेकपाएमाले बुध्दिजीवी परिषदको बैठक भर्खरै सकिएको छ । भोलि केन्द्रीय कमिटीको पूर्ण बैठक बिहान ०९:३० बजे बस्नेछ ।

टिप्पणीहरू