कोरोनाबाट थप १० जनाको ज्यान गयो

कोरोनाबाट थप १० जनाको ज्यान गयो

आज मुलुकभर ७ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षणमा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टिजेन परीक्षणमा ४९ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै,सोही अवधिमा संक्रमणबाट १० जनाको निधन भएको छ । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ । यसबीचमा १ सय ३३ जना भने संक्रमणमुक्त भएका छन् ।

मुलुकभर अझै १५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ४ सय ६१ जना होम र १ हजार १ सय ५३ जना संस्थागत आइसोलेसनमा छन् ।

संक्रमितमध्ये ३ सय १३ जनाको आइसीयु र १ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २ सय ४१ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ ।

टिप्पणीहरू