​पोइल जाने हुन् कि ?

एमालेमा हिजोदेखि अचानक कमरेड कोमल वलीको चर्चा सुरु भएको छ । यसभन्दा अघि कमरेड खड्ग ओलीको मात्रै चर्चा हुने गथ्र्यो । त्यसमा अब कोमल वली थपिन आइपुग्नुभएको छ । कारण के त भन्दा अब हुने राष्ट्रिय सभाको चुनावमा कमरेड वली (कोमल) पनि उम्मेदवार हुनुहुन्छ । एमालेको यो उम्मेदवारीबाट स्वयम् एमालेजनहरू चकित खाइरहेका छन् । 

यसभन्दा अघि एमालेले दीपक मनांगेको उम्मेदवारीलाई समर्थन गर्दा मानिसहरू चकित परेका थिए । अहिले कोमल वलीको उम्मेदवारीले पनि त्यस्तै चकित ख्वाइरहेको छ । 

कमरेड वली (कोमल) को ‘पोइला जान पाम्’ भन्ने गीत सा¥है हिट भएको थियो । आफ्नै गीतलाई मिल्ने गरी उहाँ राप्रपाबाट एमालेतिर पोइला आउनुभएको हो । ‘पोइल जानु’ उहाँको अधिकार पनि हो । एमालेका नेता–कार्यकर्ताहरू देशमा लोकतन्त्र पाम्, गणतन्त्र पाम् भनेर आन्दोलन गरिरहँदा कमरेड कोमल वली चाहिँ पोइला जान पाम् भनेर गीत गाइरहनुभएको थियो । यसैबाट थाहा हुन्छ देशमा लोकतन्त्र आउनु वा गणतन्त्र आउनुभन्दा पनि उहाँका लागि पोइल जान पाउनु ठूलो कुरा हो । त्यसैले पनि उहाँलाई राष्ट्रिय सभाको सांसद बनाउनु जरुरी छ । नभए उहाँ एमालेबाट पनि फेरि अर्कैतिर पोइल गइदिए भने जिम्मा लिने कसले ? 

टिप्पणीहरू