२०% महङ्गी बढे पनि कपडा किन्नेको भीड उस्तै

२०% महङ्गी बढे पनि कपडा किन्नेको भीड उस्तै

दशैं शुरु भएसँगै बजारमा लत्ताकपडालगायत सामान किन्नेहरुको भीड बढ्दो छ । नयाँ कपडा लगाउन दशैं कुर्ने बानी हटिनसकेका कारण पनि भीड बढेको हो ।

तर,बजारमा आफूहरुले चाहेजस्तो सामान नहुँदा ग्राहकहरु निरास भएर फर्कन बाध्य छन् भने सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया दिएका छन् ।
खासगरी काठमाडौंको भोटाहिटी, असन,इन्द्रचोक,खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा,जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताए ।

यता,व्यापारीहरुले पनि यस बर्षको दशैंमा लत्ताकपडालगायतका सामानहरुको मूल्यबृध्दि भएको स्वीकार गरेका छन् । उनीहरुका अनुसार यो बर्ष २० प्रतिशतभन्दा धेरै मूल्यबृध्दि भएको छ ।

उनीहरुले दशैँलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिंदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन् ।

टिप्पणीहरू