कहाँबाट कुरा शुरु गरौं कमरेड ?

कहाँबाट कुरा शुरु गरौं कमरेड ?

-दिनेश रायमाझी

कुरा संविधानबाट शुरु गरौं । संविधानमानै देश समाजवाद उन्मुख भनिएको छ। समाजवाद उन्मुख भनिनुको अर्थ के हो भने कमसेकम शिक्षा ,स्वास्थ्य र जीविकोपार्जनको समस्याबाट मुक्त गराउन आवश्यक नीति नियमहरु बनाइने /बन्ने छन् र ती नीति नियम कृयान्वयन गर्दै लगिने छन् ।

यस्तो भन्नुको अर्थ शिक्षालाई समान बनाइने छ, सबैलाई एउटै शिक्षा,ब्यवसायिक शिक्षा,जीवनोपयोगी शिक्षा दिइने छ र त्यो शिक्षा पाएर उत्पादन भएको ठूलो जनशक्तिलाई तदनुसारका उद्योग कलकारखानाहरु खोलेर लगायत अरु क्षेत्रहरुमा रोजगारी सृजना गर्ने काम गरिनेछन् भनेको हुनुपर्छ ।

स्वास्थ्य क्षेत्रमा पनि धनीले वा पैसा हुनेले मात्रै राम्रो उपचार पाउनसक्ने तर गरिबले जम्मा बीस रुपैयाँ रिक्सा भाडा तिर्ने पैसा नभएर झाडापखाला लागेको आफ्नो बच्चालाई स्वास्थ्य चौकी लैजान नसक्दा बच्चाको ज्यान जाने अवस्था जो छ त्यसको अन्त्य गर्नेतिर कामहरु गर्ने कुरा नै होला ।तर यस्तो भएन । अब त झन् यस्तो हुने कुरै भएन । भनेपछि समाजवाद उन्मुख कसरी भयो त?

कम्युनिस्ट पार्टी आफैमा सर्वहारा पार्टी हो । सैध्दान्तिक कुराहरु व्यवहारमा उतार्न सकिएन भने त्यो केवल लफ्फाजी हुनजान्छ । यदि एमालेका कार्यकर्ता,सदस्य र समर्थकहरु सर्वहारा वा सर्वहारा वर्गका पक्षधर हुन् भनेर मान्ने हो भने तिनले पक्कै पनि श्रम गरेका छन्,दु:खजिलो गरेका छन् ।

भजनमण्डलीले घरै पुगेर घेराबन्दी गरी अध्यक्षलाई बोकेर महाधिवेशनस्थल पुर्‍यायो ।पार्टीलाई होइन बालाई आइ लभ यु भन्ने नारा लगायो,पार्टी जिन्दावाद होइन कि बा जिन्दावाद भन्ने नारा लगायो । यो त बिशुध्द ब्यक्तिवाद भयो,चाकडीवाद भयो र ब्यक्तिपूजा भयो र यसैलाई भनिन्छ देवत्वकरण पनि ।

तिनले आफ्नो मेहनत र पसिना बगाएर घरगृहस्थी चलाएका छन् ।तिनीहरुले राज्यलाई कर तिरेका छन् । अर्थात ती सारा मजदुर, किसान तथा श्रमजीवी सर्वहारा वर्गहरुले नकमाएको धनमा होइन कि कमाएको धनमध्येबाट राज्यलाई कर पनि तिरेर शुध्द तरिकाले आर्जन गरेको पैसाबाट जीविका चलाएका छन् ।

उनीहरुले आफू संगठित भएको पार्टीलाई दिने लेबी,चन्दा तथा सहयोग जे भनेपनि त्यो उनीहरुले धेरै दु:ख गरेर कमाएको पैसा हो ।छोराछोरीको छाक काटेर जोगाएर राखेको पैसा हो । यसरी दु:खजिलो गरेर कमाई बुझाएको पैसाको सहि सदुपयोग गर्नुपर्छ पार्टीले ।

तर हालसालै सम्पन्न केन्द्रीय कमिटी तथा राष्ट्रिय विधान महाधिवेशन,जसलाई ज्याम्बोरी भन्दा पनि हुने भएको छ,मा त्यो दु:खले कमाएर, बच्चाको छाक काटी,जोगाएर पार्टीलाई दिएको पैसाको विवेकपूर्ण खर्च भएको देखिएन ।

दश भाइ, बैना त असुर जस्तै नै बनाइएका छन् । यिनलाई एकगाउँ पनि प्राप्त भएन ।

खानपिनमा उस्तै खर्च,फोटो , पोस्टर,ब्यानर र साजसज्जामा उस्तै खर्च,गाडीघोडा,डिजेल पेट्रोलमा उस्तै खर्च,होटेल र गेष्टहाउसमा उस्तै खर्च !! जनतासंग लिएको कुरा जनतालाई नै फिर्ता गर्नुुुपर्छ भनेर भन्नेहरुले यो विधि खर्च गर्नुलाई,पैसा उडाउनुलाई समाजवादी चरित्र भनेर कुनै हालतमा भन्न सकिन्न । दलको गतिविधि समाजवादी चरित्रको नभएपछि,समाजवाद उन्मुख नभएपछि समाजवादको बाटोमा हिँडिन्छ त?

हामी सबै समान हौं भनेर भन्छन् कम्युनिस्टहरू । एमालेले आफूलाई कम्युनिस्ट पार्टी मान्छ अरुले नमाने पनि । तर एमालेको हालका गतिविधिहरुमा भने समानता कतै पनि देख्न पाइएन। छ हजार बढी नेता,कार्यकर्ता सातदोबाटोमा भेला भएर,एमालेको झण्डा,कम्युनिस्ट पार्टीको रातो झण्डा फहराउँदै, एमाले जिन्दावाद,जबज जिन्दावाद,मार्क्सवाद-लेनिनवाद जिन्दावाद जस्ता नारा घन्काउँदै महाधिवेशनस्थलतर्फ प्रस्थान गरेको भए समानता देखिने थियो,एकता प्रदर्शित हुने थियोे ।तर त्यस्तो भएन ।

भक्तजनहरुले महाधिवेशनमा उभिने जमिन दिएछन् भने न लड्ने हो

भजनमण्डलीले घरै पुगेर घेराबन्दी गरी अध्यक्षलाई बोकेर महाधिवेशनस्थल पुर्‍यायो ।पार्टीलाई होइन बालाई आइ लभ यु भन्ने नारा लगायो,पार्टी जिन्दावाद होइन कि बा जिन्दावाद भन्ने नारा लगायो । यो त बिशुध्द ब्यक्तिवाद भयो,चाकडीवाद भयो र ब्यक्तिपूजा भयो र यसैलाई भनिन्छ देवत्वकरण पनि । समाजवाद उन्मुख भनेको त सामुहिकता हो नि त । खै सामुहिकता ? पार्टीका गतिविधि ब्यक्ति केन्द्रित भएपछि,ब्यक्ति नै सम्पूर्ण हो भनेपछि समाजवादतिर गइएला त ? निश्चितै गइन्न।

एक्लो ब्यक्तित्व कहिल्यै पनि ताकतवर हुनै सक्दैन । झलनाथ , माधव,प्रचण्ड,बामदेवजस्ता नेताहरुलाई दायाँबायाँ , घनश्याम,योगेश,भीम रावलहरुलाई पछिल्तिर अनि अरु ठाकुर गैरे,रामकुमारी झाँक्री जस्ता युवाहरुलाई अघिल्तिर राखेर गरिने छलफलहरुको ओज नै भिन्दै हुन्थ्यो । त्यसले दिने सन्देश र शक्ति पनि अर्कै हुन्थ्यो । झलनाथ र माधवहरु त हिंडि नै सके ।

तर जो एमाले भनेर, एमालेलाई बनाउने हो भनेर बसेका छन् तिनीहरु पनि लगभग सोत्तर नै भएका छन् । तिनीहरुको आवाज पनि मुखबाट ननिस्किने अवस्थामा पुगेको छ,ताली ठोक्ने,भजन गाउने र हँ मा हँ मिलाउनेमा सिमित हुन पुगेका छन् । दश भाइ, बैना त असुर जस्तै नै बनाइएका छन् । यिनलाई एकगाउँ पनि प्राप्त भएन । रुञ्चे अनुहार लगाएर महाधिवेशनमा लड्ने भनी बसेका छन् ।

तर भक्तजनहरुले महाधिवेशनमा उभिने जमिन दिएछन् भने न लड्ने हो ! अर्थात सबैलाई फाँडेर एक्लै राजकाज चलाउने कुरा लोकतन्त्र होइन , समाजवाद हुने त झन् कुरै भएन ।बरु यो त स्टालिनवाद पो भयो त असहमतहरुलाई नसहनु । एउटा भनाइ सुनिन्छ,स्टालिनको मृत्यु पछि ख्रुस्चेवले स्टालिनलाई नाङ्गो प्रशँशा गर्दै उनको तीब्र आलोचना गरेका थिए रे ।

अन्त्यमा , समाजवाद,त्यो पनि वैज्ञानिक समाजवादमा जाने कुरा ब्यक्ति स्वयं नै समाजवादी नबनिकन कसरी संभव होला र?

टिप्पणीहरू