आरजुलाई थप आम्दानी

हाम्रा नेताको बानी हेर्दा त लाग्छ प्राण जाने बेलामा पनि यिनले पैसाको बिटो पाए हात पसारिहाल्छन् ।

सत्ताबाट बिदा हुँदै गर्दा प्रधानमन्त्रीपत्नी आरजु देउवाले बिदेसिने नेपाली कामदारका लागि तोकिएको सेवा शुल्क साढे तीनगुणा बढाएर केही करोड हात पार्ने प्रयास जारी राखेकी छन् । वैदेशिक रोजगार व्यवसायी महासंघ र आरजुबीच सहजकर्ताको भूमिकामा देखिएका छन् बिचौलिया भरत गुरुङ । कांग्रेस महासमिति सदस्यसमेत रहेका भरतपुर, चितवनका भरत प्रधानमन्त्री र उनकी पत्नीका लागि जहाँसुकै पनि करोडौंको बार्गेनिङ गरी जस्तासुकै काम फत्ते गराउने ब्रोकर हुन् । अहिले दुई करोडभन्दा बढी आरजुलाई दिएर फ्रि भिसा र टिकट लागू भएका देशमा जाने कामदारमाथि ३५ हजार सेवा शुल्कबापत थमाउन खोज्ने म्यानपावर दलालमा रघु पुरी र हेम गुरुङ रहेको बताइन्छ । यसका लागि महासंघले भवन निर्माणका नाममा प्रतिमेनपावर कम्तिमा ५१ हजार रुपैयाँ उठाउन थालेको छ ।

हाल करिब ९ सयवटा मेनपावर कम्पनी कार्यरत रहेको र कम्तीमा ५ करोड उठाउने लक्ष्य छ । भवन निर्माण भनी रकम उठाइए पनि तीनकुनेस्थित जग्गा नमिलेका कारण नगरपालिकाले नक्सा पास गरेको छैन । नक्सा पास नभए पनि श्रमसचिव लक्ष्मण मैनालीले भवन निर्माणको शिलान्यास गरिसकेका छन् । नमिलेको जग्गा बाटोमा परेको र महासंघले भनेजस्तो भवन निर्माण गर्न नसकिने, कार्यालय बस्ने खालको संरचना निर्माण हुन नसक्ने नगरपालिका स्रोतले जनाएको छ । त्यही नक्सा पासै नहुने जग्गा देखाएर रघु र हेमले सबै व्यवसायीसँग रकम उठाई भरत गुरुङमार्फत आरजुलाई शुभलाभ पु¥याउने र यसबाटै मन्त्री फरमुल्लाह मन्सुरलाई पनि खुशी तुल्याउने योजना बनाएको आरोप छ । यसका लागि महासंघबाटै निर्णयसमेत गराइसकिएको र नदिने कम्पनीलाई अप्ठ्यारोमा सहयोग नगर्ने धम्की पनि गएको बताइन्छ । 

हाल फ्रि भिसा र टिकट लागू भएका ६ वटा मुलुकमा जाँदा कामदारले मेनपावर कम्पनीलाई सेवा शुल्कका नाममा १० हजार बुझाउनुपर्छ । यसो भनिए पनि कम्तिमा ६० हजार रुपैयाँ नबुझाई धर छैन । यसअघि हरेक मेनपावरसँग एक÷एक लाख उठाएर आरजुलाई ५ करोड दिई सेवाशुल्क ३५ हजार पु¥याउने  तयारी अन्तिम चरणमा पुगेको भए पनि तत्कालीन मन्त्री सूर्यमान गुरुङले असहमति जनाएपछि रोकिएको थियो । शुरुमा कामदारको सेवा शुल्क साढे ३ सय गुणा बढाउन नमानेका मन्त्री फरमुल्लाह अहिले भने पाँच वर्षसम्म सत्तामा पुग्न नपाइने र त्यसपछि पनि उमेरका कारण राजनीतिमा खटिरहने अवस्था नआउने हिसाब गर्दै पाएको रकम नछाड्ने मनस्थितिमा रहेको बताइयो । 

टिप्पणीहरू