केन्द्रमै सेटिङ कडा

राष्ट्र बैंकमा समेत सेटिङमा काम गरेर खल्ती भर्ने प्रपञ्चले ठूलै रूप लिन थालेको छ । प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेल र सञ्चालक रामजी रेग्मीको मिलेमतोमा अन्य बैंक तथा वित्तीय संस्थाका निम्ति गलत काम पनि फत्ते हुन थालेको हो । केही बैंकरस“गै लुम्बिनी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उनीहरूका निम्ति निजी क्षेत्रको तर्फबाट सहजकर्ताको भूमिका निर्वाह गरेको कतिपय भूमिकाले नै प्रस्ट पारेको छ । रेग्मीबन्धु नाताले काका–भतिजा हुन् भने नारायण र रामजी दशकौंदेखि नेपाल राष्ट्र बैंकमा रात्रिकालीन खानपिनका पार्टनर ।

सेटिङको काम फत्ते गरेबापत नारायण पौडेल गत साता बैंकक र सिंगापुर गएका छन् । नबिल बैंकमा नया“ सिइओ जान नदिन सशिन जोशीले भनेबमोजिम पौडेलले पुस १३ गतेदेखि कुलिङ पिरियड लागू गरिदिएका थिए । जसबापत जोशीको प्रायोजनमा पौडेल साताव्यापी विदेश यात्रामा गएको बताइन्छ । संयोगवश प्रायोजक जोशी पनि सोही अवधिमा बैंकक र सिंगापुर पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

केही समयअघि उनै पौडेलले एसबीआई बैंक नेपाललाई अनुकूल हुनेगरी प्रबन्धपत्रमा आवश्यक संशोधन गरिदिएका कारण पुत्रीले भारतीय दूतावासबाट एमडीको छात्रवृत्ति पाएकी छन् । उक्त बैंकले काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित वाणिज्य दूतावासको सम्पूर्ण खाता सञ्चालन गर्छ । प्रायः नेपालमा हुने चुनाव र अन्य राजनीतिक खिचातानीको बेला दूतावासले सोही बैंकको खातामा रहेको रकम सदुपयोग गर्ने गरेको समाचार सार्वजनिक भए पनि राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले झारा टार्ने खालको मात्र अनुगमन र सुपरिवेक्षण गर्दै आएको आरोप लाग्ने गरेको छ ।

पौडेलको पहलमा प्राइम बैंकको सञ्चालक समिति सदस्यमा पूर्वअर्थमन्त्री डा. रामशरण महतका तत्कालीन प्रेस सल्लाहकारलाई हालै नियुक्त गरिएको छ । आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष गजेन्द्र विष्टलाई बैंकको सोही सेटिङले प्राइम बैंकको सञ्चालक बनाएको हो ।
 

टिप्पणीहरू