क-कसलाई कुन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री ?

क-कसलाई कुन मन्त्रालयमा मन्त्री र राज्यमन्त्री ?

नेकपा एकीकृत समाजवादीले आफ्नो भागका ४ मन्त्रालयमा ५ जना नेतालाई समायोजन गरेको छ । जसअनुसार बिरोध खतिवडा र भवानी खापुङ्ग स्वास्थ्यमा मन्त्री र राज्यमन्त्री रहनुहुने छ । ठूलो मन्त्रालय भनेर यसरी दुई जनालाई त्यहाँ तोकिएको बताइन्छ ।

बिहानसम्म उक्त मन्त्रालयमा रामकुमारी झाँक्री जाने सल्लाह थियो । उहाँलाई अब पर्यटन तथा नागरिक उड्डयनतर्फ सारिएको छ भने प्रेम आलेले शहरी विकास र किसान श्रेष्ठले श्रम तथा रोजगार मन्त्रालय सम्हाल्ने गरी नाम प्रधानमन्त्रीसमक्ष पठाइएको छ । उता नेपाली काङ्ग्रेसले रामचन्द्र पौडेल खेमाबाट मीनेन्द्र रिजाल (रक्षा) र दिलेन्द्रप्रसाद बडु (कानून ) को नाम टुङ्याएको छ ।

यसैगरी कृष्णप्रसाद सिटौलाको कोटामा उमाकान्त चौधरीलाई पारिएको छ । स्वास्थ्य नेकपा समाजवादीको भागमा परेकाले त्यहाँबाट उमेश श्रेष्ठलाई अन्यत्र ब्यवस्थापन गर्नुपर्ने हुन्छ । दिलेन्द्र बडुलाई कानूनमा लग्दा ज्ञानेन्द्रबहादुर कार्कीको सन्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ सरुवा हुने भएको छ ।

महिला,बालबालिकामा उमाकान्तले पुरुष भएर महिला मन्त्रालय चलाउन जान्न भनिसकेको स्थिति छ । नारायण खड्काको परराष्ट्रमा नियुक्ति भएको भर्खरै हो । कृषि,खेलकुदमा उमाकान्त,उमेश र उमा रेग्मीमध्येबाट नियुक्तिको सम्भावना देखिन्छ ।

1 – रामकुमार झाँक्री – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
2 – गजेन्द्र हमाल – उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय
3 – उमेश श्रेष्ठ – प्रधानमन्त्री कार्यालय
4 – ज्ञानेन्द्रबहादुर कार्की – सञ्चार तथा सूचना प्रविधि
5 – दिलेन्द्र बडु – कानुन,न्याय तथा संसदीय मामिला
6 – उमा रेग्मी – महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
7 – मीनेन्द्र रिजाल – रक्षा
8 – उमाकान्त चौधरी – खानेपानी मन्त्रालय
9 – प्रेम आले – शहरी विकास मन्त्री
10 – कृष्णकुमार श्रेष्ठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
11 – देवेन्द्र पौडेल – शिक्षा,विज्ञान तथा प्रविधि
12 – शशी श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
13 – महेश्वर गहतराज – युवा तथा खेलकुद
14 – रेणु यादव – भौतिक पूर्वाधार तथा यातायात
15 – राजेन्द्र श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासन
16 – रामसहाय यादव – वन तथा वातावरण
17 – प्रमोद साह – कृषि तथा पशुपन्छी विकास

टिप्पणीहरू